• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एशियाको सन्दर्भमा जातीय मुक्ति वर्गीय मुक्तिको आधार होः आचार्य




नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य ‘विमल’ ले जातीय मुक्ती विना वर्गीय मुक्ती असम्भव भएको बताउनुभएको छ ।

अर्घाखाँचिको भालुबाङमा मगर राष्ट्रिय मुक्ती मोर्चा लुम्बिनी प्रदेशको छौंठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले एशियाली समाजमा वर्गीय असमानताका साथै जातीय र क्षेत्रीय असमानता पनि भएकाले पार्टीले जातीय मोर्चाहरु निर्माण गर्नुपरेको बताउनुभयो ।

आचार्यले जातीय मुक्ती तथा वर्गी मुक्तीका लागि मोर्चाहरु सशक्त भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘नेपालमा समानुपातिक, समावेशी र उत्पीडितहरुको एजेण्डा स्थापित गर्ने माओवादी नै हो,’ उहाँले भन्नुभयो, ‘माओवादीले सञ्चालन गरेको १० वर्षे महान जनयुद्धले पछाडी पारिएका जाति तथा वर्गको प्रतिनिधित्व सुनिश्चित भएको हो ।’

अहिले पनि प्राप्त उपलब्धिहरु गुम्ने खतरा भएको उल्लेख गर्दै आचार्यले त्यसका लागि सबै वर्ग समुदाय सशक्त भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अहिलेको लडाई परिवर्तन पक्षधर र प्रतिगामीहरुको भएको उल्लेख गर्दै उहाँले केही शक्तिहरु गणतन्त्र, संघीयता र धर्मनिपक्षताको विपक्षमा उभिएकाले उनीहरुलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मोर्चाका प्रदेश अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा सम्पन्न बैठकमा विशिष्ट अतिथि केन्द्रीय संयोजक गणेश सलामी मगर र प्रदेश इञ्चार्ज भीमकुमारी बुढा मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बैठकले स्थानीय तहकाे सम्मेलन गर्दै आगामी मंसिर २० र २१ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । मोर्चाको राष्ट्रिय सम्मेलन पुस ९ र १० गते हुँदै छ । बैठकको सञ्चालन सचिव जितु तरामी मगरले गर्नुभएको थियो ।

Facebook Comments