• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आगामी चुनावमा ओली पार्टीले नराम्ररी हार्छः चौधरी





शिवु खनाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पोलिट्ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले आगामी निर्वाचनमा आफुहरुको पार्टी देशको पहिलो र शक्तिशाली पार्टी बन्ने बताएका छन् ।

पार्टी स्थापनाको २ महिनाभित्र ७ सय ५३ वटै स्थानीय तह र वडाहरुमा बिशाल संगठन संरचना निर्माण गरिसकेको बताउँदै अध्यक्ष चौधरीले समाजवादी पार्टी नै देशलाई चलाउन सक्ने अनुशासित पार्टी भएको दावी पनि गरे ।

शनिबार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी शंखरापुर नगर कमिटीकाे कार्यालय उद्घाटन तथा शुभ दिपावली, नेपाल संवत् ११४२ छठ एव ल्हाेसार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै, आगामी निर्वाचनमा केपी ओलीलाई नै हराएर देखाउने घोषणा पनि गरे ।

कार्यक्रममा बाेल्दै नेता चाैधरीले केपी वलि संघीयता र गणतन्त्र विरोधी भएको बताएका छन् । वलि कम्युनिस्ट मात्रै होइन, गणतन्त्र विरोधी मान्छे हो । गणतन्त्र नेपालमा आउनै सक्दैन भनेर फरक विचार राख्ने मान्छे हो । वलिमा गणतन्त्रप्रति माया मोह छैन । संघीयताको पनि विरोधी हो, नेता चाैधरीले भने ।।

Facebook Comments