• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
६४ लाखको निजी लगानीमा खुला मञ्च निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण




रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा प्रवेश रामजी खुला स्मृति मन्चको उद्घाटन गरिएको छ । वडा नम्बर ११ उपल्लो सेराका गौप्रसाद बुढामगर र बिनाकुमारी बुढामगरको ब्यक्तिगत लगानीमा निर्माण गरिएको खुल्ला मञ्च एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

यो मञ्च निर्माण कार्य सम्पन्न हुँदासम्म कुल लागत ६४ लाख ५० हजार खर्च भएको स्थानीय अभिसर बुढामगरले बताए । मन्च निर्माण गर्ने दम्पति पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ स्थायी घर भैइ हाल अमेरिकामा बस्दै आएका छन् स्वर्गीय हजुरबुवा कुमार बुढामगर र स्वर्गीय बुवा ढलप्रसाद बुढामगरको छोरा गौप्रसाद र स्वर्गीय सर्वधन बुढामगरकी नातिनी स्वर्गीय प्रवेश बुढामगरकी छोरी बिनाकुमारीले मन्च निर्माण गरको हुन । उनिहरुले यसअघि पनि विभिन्न ठाउमा सहयोग गर्दै आएका छन् ।

निर्माण गरिएको खुला मंच पुथाउत्तरगंगा गाउपालिकालाई हस्तान्तरण गरिएको छ । खुल्ला मंच निर्माण गर्ने दुबै जनालाई गाउपालिका लगाएत विभिन्न वडाहरुले कदर पत्र सहित संमान पनि गरेका छन् । कार्यक्रममा चर्चित कलाकार कृष्ण कंडेल सहित छत्र शाही, मनमाया वाईवा, जालमाया गुरुङ, कृष्ण बजागाइ, काजल जोसि लगायतको इन्द्रेणी टिमको साँस्कृतिक प्रस्तुति पनि रहेको थियो । स्थानीय कलाकारको पनि जोडदार सास्कृतिक प्रस्तुति रहेको थियो ।

Facebook Comments