• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम र सल्यानमा वृहत आँखा शिविरः २१५ जनाले पाए नयाँ दृष्टि




नेपाल नेत्र ज्योति संघ राप्ती ऑखा अस्पतालको प्राविधिक सहयोग, ग्लोबल मेडिकल फाउन्डेसन अस्ट्रेलियाको आर्थिक सहयोग तथा रुकुमपश्चिम चौरजहारी नगरपालिकाको स्थानिय आयोजनामा वृहत आँखा शिविर सम्पन्न भएको छ ।

निशुल्क ऑखा शिविरमा २४३ जनाको ऑखा जाँच तथा १२८ मोतिविन्दुको शल्यक्रिया सम्पन्न छ ।

त्यस्तै नेपाल नेत्र ज्योति संघ, राप्ती ऑखा अस्पतालको प्राविधिक सहयोग, एनबीपी केयर नर्वेको आर्थिक सहयोग तथा सल्यान बनगाड कुपिन्डे नगरपालिकाको स्थानीय आयोजनामा ञ्चालीत निशुल्क ऑखा शिविरमा ३१६ जनाको ऑखा जाँच तथा ८७ जनाको मोतिविन्दुको शल्यक्रिया गरी जम्मा ५५९ जनाको निशुल्क ऑखा जाँच तथा २१५ जनाको निशुल्क मोतिविन्दुको शल्यक्रिया गरिएको छ राप्ती आँखा अस्पतालका कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिनुभयो ।

निशुल्क ऑखा शिविरमा डा. सुलक्ष्मी कटुवालको नेतृत्वमा १४ जनाको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो ।

राप्ती ऑखा अस्पतालको सेवा क्षेत्रभन्दा निकै टाढा रहेको क्षेत्रमा अस्पतालबाट प्रदान गरिने शल्यक्रिया सेवा पाउदा स्थानियबासी निकै खुशी भएका छन् ।

Facebook Comments