• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महासचिव विप्लवलाई दाङ भब्य स्वागत




घोराही । नेपाल  कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द `विप्लव´लाई दाङमा भब्य स्वागत गरिएको छ । युवा संगठन, नेपालको चौथो राष्ट्रिय सम्मेलनको पुर्वसन्ध्या महासचिव विप्लवलाई घोराहीमा भब्य स्वागत गरिएको हो ।


भोलि हुने युवा संगठन, नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न दाङ आएका महासचिव विप्लवलाई भब्य स्वागत गरिएको नेकपा दाङले जनाएको छ ।

नेकपाको सहायक संगठन युवा संगठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन भोली कार्तिक १३ गते दाङको घोराही स्थित सहिद मन्चमा हुने उद्घाटन समारोहलाइ सम्बोधन गर्न विप्लव दाङ आएको संगठनले जनाएको छ।


यस्तै संगठनले भोली देखि सुरु हुने संगठनको चौथो राष्ट्रिय सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ। सम्मेलनमा सहभागी हुन विभिन्न जिल्लावाट प्रतिनिधि आउने क्रम जारी रहेको चौथो राष्ट्रिय सम्मेलन आयोजक समितीका संयोजक पाटनले जानकारी दिनुभयो।

चौथो राष्ट्रिय सम्मेलनको पुर्वसन्ध्यामा संगठनले जिल्लाका मुख्य शहर घोराही,तुलसीपुर,लमही,भालुबाङ लगाएतका ठाउहरुमा सयौ झण्डा,ब्यानर टासेर रंगिचंगि बनाएको छ। यस्तै जिल्लाका विभिन्न ठाउमा स्वागत गेट,भित्तेलेखनका कामहरु सम्पन्न गरिसकेको जनाइएको छ।

Facebook Comments