• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गरिबी घटाउने लक्ष्यमा प्रदेश सरकार : मन्त्री शर्मा




कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले गरीबी घटाउने लक्ष्यमा प्रदेश सरकार लागिरहेको बताउनुभएको छ । कर्णाली प्रदेशमा रहेको गरीबी कसरी घटाउन सकिन्छ भनेर नै सरकार लागि परेको मन्त्री शर्माको भनाई छ ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले गरीबी घटाउनका लागि केही योजना पनि अघि सारेको जानकारी गराउनुभयो ।

यसका लागि हरेक घरमा रोजगार र स्वरोजगार बनाउने अभियानको थालनी हुन थालेको उहाँको भनाई छ । रोजगार स्वरोजगारका लागि व्यवसायिक योजना बनाउने र घरघरमा ति योजना कार्यान्वयनका लागि प्रदेश सरकार निरन्तर लागि परेको भन्दै मन्त्री शर्माले यसका लागि विभिन्न बैंकहरुसँग सहकार्यको कुरा पनि भइरहेको बताउनुभयो ।

विभिन्न बैंकहरुबाट सर्वसाधारणलाई ऋण उपलब्ध गराउने र त्यसमा प्रदेश सरकारको पनि लगानी हुने उहाँले बताउनुभयो । ब्याज समेत तिर्ने गरी प्रदेशले एक अरब रुपैयाँ विनियोजन गरिएको जानकारी गराउँदै उहाँले यस अभियानमा सबै लाग्न आह्वान समेत गर्नुभएको छ ।

प्रदेश सरकार सबै काम अघि बढाउनका लागि लागि परेको पनि उहाँले बताउनुभयो ।

यसका साथसाथै विपद् र समस्यामा परेका कर्णालीका नागरिकको राहत र उद्दारका लागि सरकार लागि परेको उहाँले बताउनुभयो र विपद्का कारण मृत्युवरण गरेका हरेकलाई २ लाख दिन गरी प्रदेश सरकारबाट निर्णय भएर कार्यान्वयनमा गइसकेको मन्त्री शर्माले बताउनुभयो ।

Facebook Comments