• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा मंसिर १ गतेदेखि फोटो स्टुडियोहरुमा नयाँ दररेट लागुहुने




घोराही,१२ कार्तिक । दाङ जिल्लामा मंसिर १ गतेदेखि फोटो स्टुडियोहरुमा नयाँ दररेट लागुहुने भएको छ । बजार सबै प्रकारका सामानहरु मुल्य भइरहदा जिल्ला भित्रका फोटो सम्बन्धी कलर ल्याप तथा फोटो स्टुडियोहरुमा पनि नयाँ रेटलिस्ट लागू गर्न लागिएको हो ।

दाङ जिल्ला फोटोग्राफर एशोसियसनको २०७८ असोज २ गते भएको १३औं साधारण सभाले २०७८ मंसिर १ गते देखि लागु हुने गरि दररेट वृद्धि गर्ने निर्णय गरेको दाङ जिल्ला फोटोग्राफर एशोसियसनका अध्यक्ष बसन्त न्यौपानेले जानकारी दिए ।
मंसिर १ गतेदेखि लागु हुने गरि हालसम्म अर्जेन्ट फोटो १५० बाट वृद्धि भएर अब २०० हुने, नर्मल फोटो १०० बाट वृद्धि भएर अब १५० हुने भएको छ । साथै सबै प्रकारका फाटोहरुमा दररेटमा वृद्धि भएकको पनि एशोसियसनका उपाध्यक्ष मिनराज महराले जानकारी दिएका छन् ।

दाङका फोटो स्टुडियोहरुले २०७२ साल देखि एउटै दररेटमा कारोवार गर्दै आएका थिए ।

Facebook Comments