• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा एमालेको रोल्पामा थबाङ गाउँपालिका र रोल्पा नगरपालिका बाहेक सबै पालिका नयाँ नेतृत्व




होलेरी, १० कार्तिक ।  नेकपा एमाले रोल्पाको अधिवेसन रोल्पा नगरपालिका र थवाङ गाउँपालिकाको बाहेक रोल्पाका अन्य स्थानीय तहमा अधिवेसन सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पाटी एमाले रुन्टीगढी गाउँपालिकाको प्रथम अधिवेसन रोल्पाको होलेरीमा सम्पन्न भएको छ ।

नेकपा एमालेका पुर्व गाविस अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष गोपाल डाँगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा नेकपा एमालेका प्रदेश सदस्य तथा रोल्पा जिल्लाका अध्यक्ष बालाराम बुढा, विशिष्ट अतिथीमा प्रदेश सदस्यरुद्रमणि सुवेदी, जिल्ला सदस्य भुपमणि पुन नेपाली कांग्रेसका रुन्टीगढीका सभापती जनक पुन लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका स्तरिय कमिटीगठनको लागी आम पाटी सदस्यहरु र सुभेच्छुक हरु विच वृहत छलफल गरिएको थियो । मंगलवार रुन्टीगढी रोल्पामा सम्पन्न भएको पाटीको प्रथम अधिवेसन ले गोपाल डाँगी लाई अध्यक्षमा यसैगरी अमराज बस्नेत उपाध्यक्षमा, सचिवमा गणेश गिरी र सहसचिव मा तारा डाँगी र हस्तमाली वाठा लगायत ६५ सदस्य गाउँ संगठन कमिटी सर्वसम्मत चयन गरिएको छ । नेकपा एमाले का पाटी सदस्य रविना बुढाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिका पाटी संगठनका सचिव गणेश गिरीले गर्नुभएको जानकारी प्राप्त भएको छ। रुन्टीगढी गाउँपालिकाको अधिवेसनको लागी पार्टीका प्रदेश सदस्य रुद्रमणि सुवेदीलाई जिम्मा दिइएको वताईएको छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी एमाले गंगादेव गाउँपालिकाको प्रथम अधिवेशन मङगलबार सुखाओढारमा सम्पन्न भएको छ। नेकपा एमालेको केन्द्रीय कमिटीले देशभरका सबै स्थानिय तहमा कात्तिक ९ मा अधिवेशन सम्पन्न गर्ने निर्णय अनुसार गंगादेव गाउँपालिकामा पनि रोशन कुमार वलीको अध्यक्षातामा ६० सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको अध्यक्ष वलीले बताए। जसको उपाध्यक्षमा मिश्री प्रसाद डाँगी, सचिव नवीन वली, उपसचिवमा द्वय खकेन्द्र वली र निर्मला वलीलाई चयन गरिएको छ। गंगादेव गाउँपालिकामा अधिवेशन सम्पन्न गर्नको लागि गत कार्तिक २ गते बसेको जिल्ला कमिटीको चौथो सचिवालय बैठकले नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य कुमार दशौदीलाई जिम्मेवारी दिएको थियो। यस्तै त्रिवेणि गाउँपालिकामा कुश बहादुर पुन को अध्यक्षतामा ७५ जना गाँउ संगठन कमिटी सर्वसम्मत पारित गरेको छ । सुनिलस्मृती गाँउपालिकामा तारा सेन को अध्यक्षतामा ५३ जना जना गाँउ संगठन कमिटी सर्वसम्मत पारित गरेको छ । यस्तै लुङ्ग्री गाउँपालिकामा पर्शुराम घर्तीको अध्यक्षतामा ४२ जना गाँउ संगठन कमिटी सर्वसम्मत पारित गरेको छ । सुनछहरी गाउँपालिकामा मनोज घर्तीमगर को अध्यक्षतामा ५३ जना गाँउ संगठन कमिटी सर्वसम्मत पारित गरेको छ । परिवर्तन गाउँपालिकामा लोकेन्द्र बहादुर घर्ति मगरको अध्यक्षतामा ५४ जना गाँउ संगठन कमिटी सर्वसम्मत पारित गरेको छ । यस्तै प्राप्त जानकारी अनुसार ने.क.पा.एमाले रोल्पा जिल्ला माडी गाउँपालिकाको सम्पन्न प्रथम अधिबेशन बाट सर्बसम्मती बाटै प्रेम बहादुर घर्ती मगरको नेतृत्वमा ११ जना पछी थप्ने गरि ७५ सदस्यीय गाउँपालिका कमिटी निर्बाचित गरेको छ। जस अन्र्तगत उपाध्यक्ष मा मोहन ओली ,सचिबमा अमृत खड्का , उपसचिबमा बन्दना घर्ती मगर र देब प्रसाद डागी चयन हुनु भएको जानकारी प्राप्त भएको छ ।थप जानकारी आउने क्रम जारी छ।।

Facebook Comments