• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उपमहानगरपालिकाको बिकट बस्ती खुम्कोटमा अझै पुगेन बिद्युत




बिजय रोका क्षत्री
कार्तिक ९, दाङ । घोराही उपमहानगरपालिका ११ नं. वडामा पर्ने खुम्कोटमा बिद्युतको पोल र तार बिस्तार भएको बर्षौ बितिस्क्दा पनि अझैसम्म बिद्युत लाइन सुचारु हुन सकेको छैन् ।

२०७५ सालमा घोराही उपमहानगरपालिका १२ सिमलखुटीमा संचालित बिद्युत लाइन भएको स्थानहुँदै सोही वडाको ज्यामिरे खोला र रामकोटदेखि ११ नं.वडाको बिकट मानिने खुम्कोटसम्म बिद्युतको पोल पुगेसंगै तार जडान पनि सम्पन्न भएको थियो ।
त्यतिबेला खुम्कोट बासीमा एक किसिमको खुसियाली पनि छायो गाउँबासी हर्षित भए अनि सबैले घर-घरमा वायरिङका सामग्री लियर घर वायरिङ पनि गराएका थिए । तर, घर वायरिङ गरेकै तीन वर्ष बितिसक्दा पनि बिद्युत लाइन प्रशारण नहुदा खुम्कोटबासी अझै सोलार, टुक्कि,र लाइट बालेर जीवन बिताउन बाध्य भइरहेका छन् । बिद्युत बालेर घर र गाउँ उज्यालो पर्ने खुम्कोट बासीहरुको सपना अझै पूरा हुन सकेका छैनन् ।


हिउदोमा जसोतसो सोलारको उज्यालोमा बसेपनी जब आकासमा बादल लाग्छ र पानी पर्छ त्यो समयमा घरमा बत्ती समेत नबल्ले स्थानीय बासीहरुले बताएका छन् । मोबाइल चार्ज गर्नकै लागि भएपनी गाउँ भरीका मोबाइल प्लास्टिकमा जम्मा गरि करिब १ घन्टा पैदल हिडेर अर्को गाउँमा गएर चार्ज गर्नुपर्ने समस्या रहेको पनि स्थानीयहरुको भनाइ छ । घोराहीउपमहानगर भित्रै पर्ने वडा भएतापनि अझै बाटोघाटो बिद्युत जस्ता बिकासको पुर्बाधारहरुमा बिकट मानिने खुम्कोटमा बिद्युत पुग्न नसक्दा आफै पनि लज्जित भएको र चाडै नै यस समस्यामा सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको सोही टोल बिकास सस्थाका अध्यक्ष केशब बहादुर बताएका छन् ।

Facebook Comments