• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुनछहरी प्राविधिक शिक्षालयद्धारा विद्यार्थीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम




घोराही । दाङमा प्राविधिक शिक्षा अध्ययनरत गरिरहेका विद्यार्थीहरुलाई आफ्नो व्यवसायी शुरु तथा सुधार गर्नका लागि प्रशिक्षक प्रशिक्षण तालिम शुरु गरिएको छ । घोराहीमा रहेको सुनछहरी प्राविधिक शिक्षालयको आयोजनामा आइतबार शिक्षालयकै हलमा शुरु भएको तालिममा उद्यम विकास सहजकर्ता अध्ययरत गरिरहेका विद्यार्थीहरुलाई तालिम दिन शुरु गरिएको हो ।

सुनछहरी प्राविधिक शिक्षालयका व्यवस्थापन अध्यक्ष दामोदर न्यौपानेको अध्यक्षता एवं घोराही उपमहानरपालिका १४ नं.का वडा अध्यक्ष शक्तिराम डांगीको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शक्तिराम डांगीले अहिलेको अवस्थामा ज्ञानसंगै सीपको आवश्यकता भएकाहुँदा यो तालिमले नयाँ, राम्रो र सफल व्यवसायी तथा उद्यम सहजकर्ता बन्न उत्प्रेरित गर्ने बताए । हामीले कुनै पनि व्यवसाय शुरुगर्दा अरुले गरेको जस्तै व्यवसाय गर्ने संस्कारको रुपमा विकास भएको पनि उनले बताए । अबको दिनमा अरुको जस्तै नभएर फरक–फरक विषयका व्यपारहरु सञ्चालन गर्नुपर्ने समेत उनले बताए । बढी समना र महत्वकांक्षीले मानिसलाई सफल नबनाउने भएकाले आफूसंग ज्ञान र सीप अनुसार नयाँ व्यवसायी सुरु गरे रोजगारको समस्या हल गर्नुका साथै उद्यमशीलता बन्न सकिने उनको भनाइ छ ।

कार्यक्रममा शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका प्रशिक्षक सर्जन गौतम, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी, तालिमका मुख्य प्रशिक्षक विजय जिसी लगायतका बोल्ने बक्ताहरुले ज्ञान र सीपलाई व्यवहारमा लागु गरेममात्र सफल व्यवसायी वा उद्यमशीलता बन्न सकिने जोड दिएका छन् । उद्यमकर्ताको चरित्र निर्माण नभएसम्म मानिस स्वरोजगार बन्न नसक्ने र अब परम्परागत पेशा, व्यवसाय र सीपलाई प्रविधिमा जोडेर अगाडि बढेमात्र सफल व्यवसायीमा पुगिने पनि बोल्ने बक्ताहरुले जोड दिएका हुन् ।


तालिमको मुख्य उद्देश्य भनेको विद्यार्थीहरुका सौद्धान्तिक सिकाइसँगै व्यवहारिकमा पनि पोख्त बनाउने रहेको छ । १० दिनसम्म चल्ने तालिमले विद्यार्थीहरुलाई धेरै सहयोग पुग्ने अपेक्षा गरिएको छ । १६ गतेसम्म हुने तालिममा ४० जना  विद्यार्थीहरु सहभागि छन् ।
शिक्षालयका निर्देशक शोभाराम डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रशिक्षक चन्दबहादुर बुढाले गरेका थिए ।

Facebook Comments