• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा एकीकृत समाजवादीको चियापानः सच्चा कम्युनिष्टहरुलाई एक हुन आव्हान




नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले दाङमा विभिन्न सांस्कृतिक पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

होटल मालाइनमा गरिएको कार्यक्रम निकै भव्य देखिएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट नेता कार्यकर्ताहरु उपस्थिति रहेका थिए ।

नेकपा एमालेले जिल्लाका एक सयवटै वडामा एकै दिन वडा अधिवेशन आयोजना गरेको भए पनि सो पार्टीबाट बिभाजन भएर बनेको समाजवादी पार्टीले भव्य सहभागितामा कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागी नेता कार्यकर्ताको अवस्था हेर्दा पाका कम्युनिष्ट र युवाहरुको ठूलो संख्यामा उपस्थिति देखिको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ शिरामा अघि बढाउने दायित्वमा आएको बताउनुभयो । आफ्नो पार्टीले अब मुलुकको नेतृत्व गर्ने बताउँदै उहाँले समाजवादी क्रान्तिका लागि सच्चा कम्युनिष्टहरु एक हुने बताउनुभयो । केपी ओली र उनका समर्थककबाहेक सबै कम्युनिष्ट एक हुने पनि उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला अध्यक्ष शुरामणि बेल्वासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) लुम्विनी प्रदेशका इन्चार्ज भागवत विश्वासीले मुलुकको कम्युनिष्ट आन्दोलन संकटमा पर्न नदिने विश्वास व्यक्त गर्नुभयो । व्यक्तिवादी विचारका कारण कम्युनिष्ट विचार सिद्धान्त र आन्दोलन नै जोखिममा परेकाले अब व्यक्तिवादी प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै कम्युनिष्ट आन्दोलनलार्इृ सशक्त बनाउने बताउनुभयो ।

कार्यक्रमममा नेताहरु रामकुमार ज्ञवाली, लुम्विनी प्रदेशका अध्यक्ष मेटमणि चौधरी, जिल्ला ईन्चार्ज जोगबहादुर राणा, जिल्ला सह इञ्चार्ज हिराचन्द्र केसी, नेपाली काग्रेसका सचिव शंकर डाँगी, नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य पुनम श्रीपाली, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य लगायतका बोल्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का केन्द्रीय सल्लाहकार परिषदका सदस्य दामोदर अधिकारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रकको सहजीकरण जिल्ला सचिव मिना रुङले गर्नुभएको थियो ।

Facebook Comments