• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा एमाले रोल्पाको चौथो सचिवालय बैठक सम्पन्न




लिबाङ । नेकपा एमाले रोल्पाको चौथो सचिवालय बैठक रोल्पाको लिवाङमा मंगलवार सम्पन्न भएको छ । बैठकमा रोल्पा जिल्ला अन्र्तगत १० वटा पालिका तथा ७२ वटा वडाहरुमा अधिवेशनको लागी बृहत छलफल भएको जानकारी प्राप्त भएको छ ।


नेकपा एमाले रोल्पा जिल्ला पार्टी अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा सम्पन्न भएको बैठकको प्रमुख अतिथीमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं रोल्पा जिल्ला ईन्चार्ज नविन रोका मगर रहनुभएको थियो । यस्तै अतिथीहरुमा प्रदेश सदस्यहरु तथा अन्य सचिवालय सदस्यहरुको उपस्थितीमा बैठक भएको हो ।
आज बसेको बैठकले रोल्पा जिल्लाका ७२ वटा वडाहरुमा वडा अधिवेशनको लागी जिल्ला कमिटीका सदस्यहरुलाई जिम्मा दिने निर्णय गरेको छ। यस्तै रोल्पा नगरपालिकामा अधिवेशन सम्पन्न गर्नको लागी लुम्विनी प्रदेश सदस्य अमृत बुढा,सुनिलस्मृती गाउँपालिकाको लागी लुम्विनी प्रदेश सदस्य ईश्वरी घर्ती,लुङ्ग्री गाउँपालिकाको लागी लुम्विनी प्रदेश सदस्य ओमराज घर्ती, सुनछहरी गाउँपालिकाका लागी लुम्विनी प्रदेश सदस्य जय प्रकाश बुढा र जुनमायाँ बुढा,थवाङ गाउाँपालिकाको लागी लुम्विनी प्रदेश सदस्य मिना बुढा,हरी बहादुर बुढा र यमुना बुढा,परिवर्तन गाउँपालिकाको लागी लुम्विनी प्रदेश सदस्य गंगाराम बुढा र हरी वली, माडी गाउँपालिकाको लागी लुम्विनी प्रदेश सदस्य रिमा नेपाली ,गंगादेव गाउँपालिकाको लागी लुम्विनी प्रदेश सदस्य कुमार दशौदी , त्रिवेणी गाउँपालिकामा लुम्विनी प्रदेश सदस्य शान्त कुमार वली र पुर्ण बुढा,र रुन्टीगढी गाउँपालिकामा लुम्विनी प्रदेश सदस्य रुद्रमणि सुवेदी र चन्द्र कुमारी पुन लाई अधिवेशन सम्पन्न गर्नको लागी नेकपा एमाले लुम्विनी प्रदेशले तोकेर पठाएको पाटी जिल्ला सचिवालय सदस्य गोपाल डाँगीले वताउनु भएको छ ।
बैठकको सहजीकरण पार्टीका जिल्ला सचिव निमप्रसाद रोकाले गर्नुभएको थियो।।

Facebook Comments