• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपालगन्जमा मनाइयो १४९६ औं मोहम्मद जयन्ति




नेपालगन्जमा १४९६ औं मोहम्मद जयन्ती मनाइएको छ ।

नेपालगंज जामा मश्जिदले जानकारी गराए अनुसार यसपालि २०७८/७/२ गते मंगलवारका दिन मोहम्मद जयन्ती मनाईएको हो । ईदमिलादुन्नबी अर्थात मोहम्मद जयन्ती भन्नाले इस्लामका प्रवर्तक हजरत मोहम्मद मुस्तफाﷺ को जन्मदिन हो ।

यो ईदमिलादुन्नबीको खुशियाली यस कारण मनाईन्छ किनकि स्वयं अल्लाहले यो दिन खुशी मनाउनु भयो र खुशियाली मनाउन सबैलाई आदेश दिनुभयो त्यस कारण यस दिन खुशियाली मनाईन्छ । मदनी ताजदार आका ए नामदार साउदी अरबको मक्का शहरमा कुरैश कबीलामा इस्लामी पात्रो अनुसार तेस्रो महिना रबिउल अव्वलको १२ तारीख ईस्वी सम्वत ५७१ अप्रेल २० तारीख सोमबारका दिन जन्मिनुभयो ।

उंहाले ४० वर्षको उमेरमा नुबूवतको ऐलान गर्नुभयो । नूबुवतको ऐलान पश्चात १३ वर्ष सम्म मक्का शरीफमा बस्नुभयो । उहां मक्का शरीफबाट हिजरत गर्दा (मक्का शहर छाड्दा) उहांको उमेर मुबारक ५३ वर्ष भइसकेको थियो । अनि इस्लामी पात्रो हिजरीको शुरुआत उहांले मक्काबाट हिजरत गरी सकेपछि मदीना शरीफ पुग्नु भएको दिनबाट भयो ।

उहां हिजरत पश्चात १० वर्ष सम्म मदीना शरीफमा बस्नुभयो उहांको कुल उमरे मुबारक ६३ वर्ष रह्यो ।मोहम्मद जयन्तीको सुअवसरमा विश्वभरिका मुस्लिमहरु आ आफ्नो हैसियत अनुसार घरको सरसफाई गरी घर घरमा झण्डा ,लाईटिंग र दीप प्रज्वलित गर्छन् ।

नुवाइ धुवाइ गरी नयां कपडा गलाएर इत्तर लगाउंछन् । रात भरी जागेर इबादत गर्छन् । राति आफ्ना मृतकहरुका लागि मुक्तिको दुआ गर्न कब्रिस्तान जान्छन् । भोलिपल्ट घरमा मीठा मीठा परिकार बिर्यानी, खीर र हलुवा आदि बनाउंछन् । साथीभाई र आफन्तलाई बोलाएर खाना खुवाउंछन् । घरमा नात ख्वानी , कुरान ख्वानी र मिलाद शरीफ गर्छन् । रैली निकालेर नगर परिक्रमा गर्छन् ।

नेपालगंजमा मनाईने सबै पर्व सामाजिक सद्भावको उदाहरण हुन्छन् । यो रैलीमा सबैसामाजिक अगुवा, विभिन्न धर्मका धर्मगुरु, सुरक्षा निकायका प्रमुख, प्रहरी, राजनीतिकर्मी, पत्रकार, मानव अधिकारकर्मी आदिको उपस्थितिमा नगर परिक्रमा गर्न जूलुसे मोहम्मदी आज दिउँसो निकालिएको हो ।

इस्लामी पात्रो अनुसार १४४३ हिजरी चलिरहेछ र विश्वभरी मुस्लिम समुदायले १४९६औं ईदमिलादुन्नबी अर्थात मोहम्मद जयन्ती मनाइएको छ ।

Facebook Comments