• ८ माघ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एकीकृत समाजवादी दाङको सचिवालय बैठकः सबै स्थानीय तहमा अपेक्षा संकलन गरिने




नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला सचिवालय दाङको बैठक सम्पन्न भएको छ ।

बैठकमा प्रमुख अतिथि केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत बिश्वासी, पोलिटव्युरो सदस्य एवम लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरी, केन्द्रीय कमिटिका सदस्य एवं दाङ जिल्ला इन्चार्ज जोगबहादुर राना, केस एवं दाङ सहइन्चार्जहरू हिरा चन्द्र केसी, शारदा स्वर्णकार, केन्द्रीय अनुशासन आयोगका सदस्य वीरबहादुर केसी, केन्द्रीय सल्लाहकार दामोदर अधिकारी, तिलक केसी, शेनराज शाह, लोकतान्त्रिक जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद चौधरीलगायतले सम्बोधन गर्नुभएको थियो ।

बैठकले कार्तिक ६ गते जिल्ला पार्टी कार्यालयको उदघाटन र शुभकामना आदानप्रदान कार्यक्रम गर्ने, स्थानीय स्तरमा भेला, प्रशिक्षण र अन्तरकृया गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले कार्तिक महिनाभरि पालिका र सबै वडा कमिटी एवम जबस गठन गर्ने, एकिकृत समाजवादीप्रतिको जनअपेक्षा बिषयक स्थानियस्तरमा अन्तरकृया गर्ने लगायत निर्णय गरेको अध्यक्ष सुरामणि बेलबासेले जानकारी दिनुभयो ।

Facebook Comments