• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ओमनमा नेपाली कामदारको श्रमशोषण, बिरोध गर्ने चार जना तीन महिनादेखि जेलमा




बैदेशिक रोजगारीका लागि ओमन गएका नेपाली कामदारहरु श्रमशोषणमा परेका छन् । ओमनको सुहार भन्ने ठाउँमा काम लगिएका नेपालीहरु श्रम शोषणमा परेका हुन् ।

खाने बस्ने सुविधासहित मासिक एक सय रियाल पारिश्रमिक पाउने सहमतिमा ओमन पु¥याइएको भए पनि उनीहरुलाई १५ घण्टा काम गरेर सुख्खा ८० रियाल दिने गरिएको छ । जलजला मेनपावरबाट ओमन पु¥याइएका झण्डै ८० जना कामदार यसरी श्रमशोषणमा परेका हुन् ।

श्रमशोषणमा परेपछि बिरोध गर्ने चार जना कामजारलाई तीन महिनादेखि जेलमा राखिएको छ । यसरी जेलमा पर्नेहरुमा रुकुमपश्चिम सानीभेरी गाउँपालिका ५ का
दिनेश बस्नेत,मदन दमाई, गोपाल कुसारी तथा दाङका मीन ठाडा मगर रहेको त्यहाँ रहेका नेपाली कामदारहरुले बताएका छन् ।

उनीहरुलाई प्रतिव्यक्ति आठ सय रियाल जरिवाना मागिएको छ । त्यही रकम कमाउन उनीहरुलाई १६ महिना लाग्ने भएकाले जेलबाट मुक्त हुन सकेका छैनन् ।

ओभरटाइमबाहेक खाने बस्ने सुविधासहित मासिक एक सय रियाल तलब दिने सहमतिमा लगिएको भए पनि सुख्खा मासिक ८० रियार पारिश्रमिक दिएपछि खान बस्न कटाएर मासिक ४० रियाल मात्रै बच्न थालेपछि नेपाली कामदारले बिरोध गरेका थिए । सोही क्रममा भारतीय मूलका कम्पनीका फोरम्यानसँग विवाद भएपछि जेलमा राखिएको र उनीहरु तीन महिनादेखि जेलमै रहेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन् ।

नेपालमा रोजगारी नपाएर बैदेशिक रोजगारीमा गएको र उनीहरुको श्रम शोषण हुँदा दूताबास तथा बैदेशिक रोजगार विभाग र मेनवापर कसैले पहल नगरेको ओमनमा रहेका नेपालीहरुले पीडा व्यक्त गरेका छन् । जसरी हुन्छ जेलमा रहेका नेपालीहरुको मुक्ति र सम्झौताअनुसारको पारिश्रमिकका लागि पहल गर्न पनि उनीहरुले माग गरेका छन् ।

Facebook Comments