• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिमका पाँच वटा स्थानीय तहमा प्रेस सेन्टर गठन




लोकेन्द्र कठायत
रुकुमपश्चिमका पाँच वटा स्थानीय तहमा प्रेस सेन्टर नेपालको पालिका समिति गठन गरिएको छ ।

सेन्टरको नयाँ विधानअनुसार पालिकास्तरीय समिति गठन गरिएको कर्णाली प्रदेश इञ्चार्ज ध्रुबबिक्रम बुढाथोकीले जानकारी दिनुभयो ।

जसअनुसार मुसीकोटमा भेलाबाट अध्यक्ष दीपेन्द्र महतारा, उपाध्यक्ष फलिराम बिश्वकर्मा, सचिव लोकेन्द्र कठायत, कोषाध्यक्ष खिमला पुनमगरसहितको कार्य समिति बनेको छ ।

त्यस्तै त्रिवेणी गाउँपालिकाको भेलाबाट अध्यक्ष कुवेर ओली, उपाध्यक्ष गिता डाँगी, सचिव गोपाल ओली कोषाध्यक्ष बलेन्द्र ओली लगायतको समिति बनेको छ ।

त्यसैगरी सानीभेरी गाउँपालिकामा अध्यक्ष छविलाल बिष्ट, उपाध्यक्ष विवेक खत्री, सचिव केशर पुन र कोषाध्यक्ष कल्पना परियारलगायतको समिति बनेको छ ।

बाफिकोट गाउँपालिकामा प्रचण्ड खत्रीको नेतृत्वमा ११ सदस्यीय गाउँपालिका समिति बनेको छ ।

सबैभन्दा पहिले चौरजहारी नगरपालिकामा तिलक ओलीको अध्यक्षतामा १९ सदस्यीय पालिका कमिटि गठन गरिएको थियो । कमिटिको उपाध्यक्षमा तृषा डाँगी, सचिवमा राजेन्द्र बिक, र कोषाध्यक्षमा सुनिल थापा चयन हुनुभएको छ ।

अब बाँकी रहेको आठबीसकोट नगरपालिकामा पनि चाँडै भेला गरिने प्रेस सेन्टर रुकुमपश्चिमले जनाएको छ ।

Facebook Comments