नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ लाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल जानुभएको छ ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’का अनुुसार बिहान ११ बजेतिर अध्यक्ष प्रचण्डको टोली नर्भिक अस्पताल पुगेर वैद्यको स्वास्थ्य अवस्थाको जानकारी लिएको हो।
‘उहाँको स्वास्थ्य अवस्था सुधार हुँदै रहेछ’, प्रेस सल्लाहकार सापकोटाले भन्नुभयो– ‘अध्यक्ष प्रचण्डले भेटेर स्वास्थ्य लाभको कामना गर्नुभयो।’
लामो समयदेखि दमबाट पीडित वैद्य स्वास्थ्यमा समस्या भएपछि आइतबार अस्पताल भर्ना हुनुभएको हो । उहाँको छातिको एक्सरे गरिएको र सामान्य दाग देखिएको चिकित्सकले बताएका छन्।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।