• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बर्षातले काटेको धानबालीमा ब्यापक क्षति (फोटो फिचर)





अविरल बर्षातका कारण दाङका विभिन्न स्थानमा काटेको धान बालीमा ठूलो क्षति पुगेको छ । काटेर खेतमा सुकाएको धान डुबेको छ भने कतिपय ठाउँमा काटेको धान बगेको छ ।

दाङमा ठूलो मात्रामा धान खेती हुने गरे पनि धान भित्र्याउने प्रबिधिको प्रयोग नहुँदा धान भित्र्याउने बेलामा पानी परेमा क्षति हुने खतरा बढेको छ ।

यसलाई जानकारहरुले सरकारको असक्षमताको रुपमा हेरेका छन् । विज्ञानलाई विश्वास नगर्ने शासकको देशमा यस्तै दुर्दशा हुने विश्लेषक सर्जन गौतमको भनाइ छ । उहाँ भन्नुहुन्छ– पानी परेको छ । पानीलाई कसैले नियन्त्रण गर्न सक्दैन । किसानहरुलाई धान बिग्रने चिन्ता छ ।सुरक्षीत बाली भित्र्याउने विभिन्न विधि र उपकरण विकास भएका छ्न् , राज्यले त्यसलाई प्रवर्द्धन गर्न नसक्दा समस्या गहिरिएको हो ।’

यसदेखि बाहेक बालीबिमाका पोलिसीहरूसमेत किन्न पाइन्छ तर नेपालमा सबै कुरा ‘राम’ भरोसाको शैलीमा चलिरहेछ उहाँको टिप्पणी छ । गौतम भन्नुहुन्छ– ‘विज्ञानलाई विश्वास नगर्ने शासकको देशमा यस्तै दुर्दशा हुन्छ ।’

तस्विरः सन्तोषबाबु योगी/दंगीशरण

Facebook Comments