• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जम्मु कश्मिरमा एक हप्तादेखि भिडन्त जारी, नौ भारतीय सैनिकसहित २२ को मृत्यु




भारतको केन्द्र सरकारद्वारा शासित प्रदेश जम्मु–कस्मिरमा गत सोमबारदेखि सेना र अतिवादी समूहबीच लडाइँ भइरहेको छ। यस क्रममा अहिलेसम्म २२ जनाको मृत्यु भएको छ।

बीबीसी हिन्दीका अनुसार मारिएकामा भारतीय सेनाका ९ जना छन्। मुठभेडका क्रममा अतिवादी समूहका १३ जनालाई मारिएको भारीतय सेनाले दाबी गरेको छ।

भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो। अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए। सेनाको अभियानको दोस्रो दिनपछि फेरि गोली हानाहान भयो र थप दुई जवान मारिए।

अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा लडाइँ चलिरहेको बीबीसी हिन्दीले जनाएको छ।

यसबीच कस्मिरको कुलमागमा आइतबार गोली हानेर दुई जना गैरकस्मिरी नागरिकको हत्या गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार अतिवादीद्वारा उत्तर प्रदेशको सहरानपुरका सगिर अहमद र बिहारको बाँका क्षेत्रका अरविन्द कुमार साह मारिएका हुन्।

त्यसअघि शनिबार पनि अतिवादी ले दुई जना मजदुरको हत्या गरेका छन्। सर्वसाधारणको हत्याले कस्मिरका राजनीतिक दल आक्रोशित भएका छन्।

यसपछि भारतीय सुरक्षा बलले थालेको अपरेसन अभियानका क्रममा १३ जना अतिवादी मारिएको दाबी गरिएको छ।

मुठभेड चलिरहँदा जम्मु–कस्मिरमा अतिवादीलाई सहयोग गरेको आरोपमा सरकारी कर्मचारीलाई बर्खास्त गर्ने अभियान पनि चलिरहेको छ।

पछिल्लोपटक जम्मु–कस्मिर प्रशासनले अलगाववादी नेताका रूपमा परिचित सइद अली शाह गिलानीका नाति अनिल उल इस्लाम र एक जना शिक्षकलाई जागिरबाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Facebook Comments