• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सातै प्रदेशमा मौसम परिवर्तन, लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङको संभावना




जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य वदली रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य वदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

“काठमाडौंमा गएराति सामान्य वर्षा भयो । विहान भएपछि रोकिएको छ । आज दिउँसो पनि काठमाडौंमा सामान्य वर्षा हुने सम्भावना छ,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “आज देशका धेरै स्थानमा सामान्य हुनसक्छ । तर भारी वर्षाको सम्भावना भने छैन ।”

आज राति देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

सोमबार भने सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । मंगलबार पश्चिम नेपालसहित पूर्वी नेपालमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीको भनाइ छ ।

हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको विभागले जनाएको छ । मनसुन बाहिरिए पनि न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।

Facebook Comments