• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आज बिद्रोही क्रान्तिकारी नेता शिवराज गौतमको स्मृति दिवस




नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा तथा तत्कालीन माओवादी नेता शिवराज गौतमको निधन भएको ८ बर्ष पूरा भएको छ । २०७० साल असोज ३१ गते राति उहाँको निधन भएको थियो ।
निधन नहुँदा उहाँ तत्कालीन नेकपा माओवादीका केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । २०१७ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा होमिनुभएका गौतम २०४८ सालमा दाङ २ बाट एमालेको तर्फबाट निर्वाचित सांसद हुनुभएको थियो भने जनयुद्धका क्रममा माओवादी बन्नुभएका उहाँ २०६४ को संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएको थियो ।

लामो समयसम्म दाङ जिल्लाको सेक्रेटरी रहनुभएका गौतमले नै दाङका अर्का नेता नेत्रलाल अभागीलाई संगठित गर्नुभएको थियो। गौतम पञ्चायत र बहुदल आइसकेपछि पटकपटक गरी १९ पटक जेल पर्नुभएको थियो । पञ्चायतलाई उपयोग गर्ने तात्कालीन नीतिअनुसार उहाँ २०२२ सालताका प्रधानपन्च पनि हुनुभएको थियो। जनयुद्धको थालनीसँगै उहाँ एमाले छाडेर माओवादीमा प्रवेश गर्नुभएको थियो। हापुर बगियामा १९९० असोज १५ गते उहाँको जन्म भएको थियो ।

निधनको बेला माओवादीका सल्लाहकार र संयुक्त जनक्रान्तिकारी जनपरिषद्का केन्द्रीय सदस्य पनि रहनुभएका गौतम माओवादी निकट किसान संघका अध्यक्षसमेत रहनुभएको थियो ।
उहाँले संविधानसभामा रहँदा क्रान्तिकारी भूमिसुधारलाई संविधानमा राख्न निकै मेहनत गर्नुभएको थियो ।

हरेक क्षेत्रमा गलत क्रियाकलापको बिरोध गर्ने गौतमले आफूलाई जीवनभर बिद्रोही क्रान्तिकारी नेताको रुपमा कायम राख्नुभयो । सादा जीवन, उच्च क्रान्तिकारी चेत, बिद्रोही स्वभाव र कम्युनिष्ट आन्दोलनप्रतिको लगाव उहाँको जीवनबाट छुटाउनै नसकिने बिशेषता भएको उहाँका समकक्षीहरु बताउँछन् । सुधारवाद भन्दा क्रान्तिकारितामा विश्वास गर्ने गौतम जनयुद्धको बेलामा शारीरिक अशक्तताका बावजुद पनि जनयुद्धमा होमिएर भूमिगत बन्नुभएको थियो ।

Facebook Comments