• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
साफ च्याम्पियनको फाइनल आजः नेपाललाई इतिहास रच्ने मौका




नेपालले साफ च्याम्पियनसिप २०२१ मा उपाधि लागि आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति ८:४५ बजे हुनेछ ।

साफमा पहिलोपटक फाइनल पुगेको नेपाललाई आज भारतलाई पराजित गर्दै इतिहास रच्ने मौका छ । तर, इतिहास हेर्दा नेपालमाथि भारत हाबी छ । अहिलेसम्म नेपाल र भारत २२ खेलमा आमनेसामने भएका छन् । जसमा भारतले १५ खेलमा जित हात पारेको छ । जबकि नेपालले २ खेलमात्र जितेको छ । नेपालले पाँच खेल बराबरीमा रोकेको छ ।

भारतले यस प्रतियोगितामै सातपटक उपाधि उचालिसकेको छ ।

लिग चरणको अन्तिम खेलमा भारतले साविक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो ।

यता नेपालले बंगलादेशसँग १–१ को बराबरी गर्दै साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो ।

साफ च्याम्पियनसिपमा यसपटक पाँच टोलीले सहभागिता जनाएका थिए । राउन्ड रोबिन प्रणालीमा भएको प्रतियोगितामा लिगको शीर्ष दुईले फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

भारतले आठ अङ्क जोड्दै शीर्ष स्थान पक्का गर्दा नेपाल सात अङ्क जोड्दै दोस्रो स्थानमा रहेर फाइनल पक्का गरेको हो ।

Facebook Comments