• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उत्सर्ग फिल्मसको दशैं मिलनः संगीत अवार्डलाई सहयोग गर्ने सबैको प्रतिबद्धता




उत्सर्ग फिल्मस् नेपाल र पहल नेपालको आयोजनामा दशैं मिलन समारोह सम्पन्न भएको छ ।

उत्सर्ग फिल्मस् प्रालिले आयोजना गरेको उत्सर्ग संगीत अवार्ड २०७८ लाई सफल पार्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो ।

कार्यक्रमका वक्ताहरुले आ–आफ्नो क्षेत्रबाट अवार्ड सफल पार्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले मोफसलमा प्रायः कमै हुने कार्यक्रम दाङमा हुन थालेको भन्दै यो दाङ, राप्ती क्षेत्र र लुम्बिनीकै लागि गौरवको बिषय भएको बताए ।

उत्सर्ग फिल्म नेपाल तथा पहल नेपालका कार्यकारी निर्देशक केएल बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संविधानविद् एवं गीतकार भीमार्जुन आचार्य, अतिथिहरु प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएम, लोकदोहोरी प्रतिष्ठानका पूर्वअध्यक्ष चन्द्र शर्मा, नेपाल निर्माण ब्यवसायी महासंघका प्रदेश अध्यक्ष बलिभद्र रानालगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा ध्रुवराज श्रेष्ठ, श्रीधर अधिकारी, दीपक समीर, नरेन्द्र केसी, सुदीप गौतम, निशानदाजु भट्टराई, दुर्गालाल केसी, माधव चौधरी, केवी चौधरी, भुवन चौधरी, कमलमणि देवकोटा, लेखा अधिकारी, राधिका परियार, शशि शर्मा मजगैया, लोकराज अधिकारी, लोकराज पराजुलीलगायतले बोल्नुभएको थियो ।

सो अवसरमा लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरे र दोहोरी प्रतियोगिताको फाइनमा पुगेकी मीना बुढाथोकीलाई सम्मान गरिएको थियो । सो अवसरमा निर्माण ब्यवसायी महासंघका प्रदेश अध्यक्ष बलिभद्र रानाले प्रतियोगी बुढाथोकीलाई पाँच हजार सहयोग घोषणा पनि गर्नुभएको थियो । कार्यक्रम सञ्चालन रिचा बुढाथोकीले गर्नुभएको थियो ।

Facebook Comments