• ६ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा पहिलोपटक विपश्यना ध्यान शिविर, दाङ १८ औं विपश्यना केन्द्रमा सूचिकृत




दाङमा पहिलोपटक दश दिने विश्यना ध्यान शिविर सम्पन्न भएको छ ।

दाङमा पहिलोपटक विपश्यना ध्यान केन्द्र स्थापना भएसँगै ध्यान शिविर सम्पन्न भएको हो । पहिलो चरणमा १८ जना साधक साधिकाहरुले ध्यान गरेका छन् । उनीहरुले आचार्यहरुको सहजीकरणमा पूर्ण आवासीयरुपमा ध्यान गरेको ध्यान केन्द्रका सचिव दधिराम खनालले जानकारी दिनुभयो ।

दाङको यो ध्यान केन्द्र नेपालको १८ औं ध्यान केन्द्रमा सूचिकृत भएको छ भने यसको नामाकरण धम्मपरात ध्यान केन्द्र राखिएको छ । बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको अगुवाइ र परिकल्पनामा बिपश्यना ध्यान केन्द्र स्थापनाको पहल थालिएको थियो । यसमा प्रदेश सरकारले सहयोग तथा घोराही उपमहानगरपािलकाले समन्वय र समजीकरणमा ध्यान केन्द्रको हल, आवास, भान्साघर, शौचालयलगायतका संरचना निर्माण गरिएको छ ।

दश दिने ध्यान शिविर समापन गर्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोख्रेलले कसै न कसैले सपना देखे साकार हुने भन्दै नारायण गुरुले देखेको सपना साकार भएको बताउनुभयो । मानवीय चरित्र निर्माण कठिन काम भएको उल्लेख गर्दै उहाँले धेरै मानिसहरु अर्थोपार्जनमा लागिरहेको बेला कठिन काम भए पनि पूरा भएको बताउनुभयो ।

कठिन काम थोरैले मात्रै गर्ने उल्लेख गर्दै उहाँले यसले दाङलाई फाइदा नै हुन्छ भनेर प्रदेश सरकारले लगानी गरेको बताउनुभयो । अब ध्यान केन्द्रभित्रको जस्तै बाहिरको वातारण पनि राम्रो बन्नुपर्ने र त्यसका लागि स्थानीय जनप्रतिनिधिले शान्ति ब्यवस्थाका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

ध्यान केन्द्रका अध्यक्ष नारायणप्रसाद शर्माले प्रदेश सरकारको लगानी तथा स्थानीय सरकारको समन्वयमा संरचना निर्माण भएकाले ध्यान शिविर सञ्चालन संभव भएको बताउनुभयो । त्यसका लागि प्रदेश सरकार र स्थानीय सरकारलाई धन्यवाद दिंदै उहाँले पछिल्लो समयमा ध्यान केन्द्र वरिपरि जग्गा ब्यवसायीले दुःख दिन थालेकाले स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, लुम्बिनीका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार अमरबहादुर डाँगी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन सचिव खनालले गर्नुभएको थियो ।
लुम्बिनी प्रदेश

Facebook Comments