• २३ भाद्र २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रोल्पामा कांग्रेस नेता आफ्नै भाइबाट मारिए




रोल्पाका पुराना काँग्रेस नेता पूर्णबहादुर बुढालाई आफ्नै भाइले घाँटी रेटेर हत्या गरेको खुल्न आएको छ ।

रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षीया बुढा आफ्नै घरमा सोमबार बिहान करिब ११ बजेको समयमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका थिए । बिहान अबेरसम्म ढोका नखुलेपछि स्थानीयले ढोका खोलेर हेर्दा उनलाई त्यस्तो अवस्थामा फेला पारेका थिए ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा मृतकका आफ्नै कान्छा भाइ अमरराज बुढाले हत्या गरेको खुल्न आएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिएका हुन् ।

नेपालगञ्जबाट कुकुर सहितको टोली समेत खटिएको थियो । डिएसपी सुवेदीका अनुसार घरायसी रिसिबीका कारण भाइले दाजुको हत्या गरेको पाइएको छ । मृतकका दुई वटी श्रीमती रहेको र दुवैको मृत्यु भएको थियो । एक छोरा काठमाडौँ र दुई छोराहरू विदेशमा रहेको, छोरी बुहारीहरू दाङमा बस्ने भएकोले उनी घरमा एक्लै बस्दै आएका थिए ।

त्यस गाउँमा पुराना काँग्रेस नेता मानिने बुढा क्षेत्रीय प्रतिनिधि थिए ।

Facebook Comments