• ६ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मगरात वस्तीमा जनजणनासम्बन्धी सचेतना अभियान




प्रभात गुरुङ
नेपाल मगर संघ भूमे गाउँपालिकाले जनगणना २०७८ सम्बन्धी सचेतना तथा जागरण अभियानको पहिलो चरणको अभियान सकिएको छ । मगरहरूको वास्तविक तथ्यांक अभिलेख गर्नका लागि संघले सो अभियान चलाएको हो । भूमे गाउँपालिका १ देखि ५ नम्बर वडाहरूका टोलटोलमा सो अभियान चलाइएको हो ।

१८ गते सोमबार ५ नम्बर वडा सेराबाङबाट सुरु भएको अभियान साकिम, काँडा, सिमा, क्याङ्सी, सैपातुङ हुँदै सातौं दिन लुकुम पुगेर समापन गरिएको हो ।

मगर खाम भाषा, कला र संस्कृति जगेर्ना गर्ने उद्देश्यले अभियान चलाइएको नेपाल मगर संघ भूमे गाउँपालिकाका अध्यक्ष लिल बहादुर पुनले बताए । सातौं दिन लुकुम सम्म पुग्दा अभियान सकारात्मक रहेको अध्यक्ष पुनले बताए । उनले अबको जनगणनामा मगरहरूको सहि तथ्याङ्क आउने विश्वास व्यक्त गरेका छन् । मगरहरूले नामको पछाडि अनिवार्य रुपमा मगर लेख्ने, भाषामा मगर खाम लेख्ने, धर्ममा प्रकृति वा बौद्ध लेख्ने लगायत प्रचार गरिएको हो ।

मगर किन प्रकृति पुजक भन्ने प्रश्नको सबै ठाउँबाट एउटै उत्तर आएको र त्यसले जल जमिन र मौसमको पुजा गरिएको स्पष्ट भएको देखिन्छ । जसले मगर प्रकृति पुजक हुन् भन्नेमा दुई मत हुनुपर्ने जरुरत नदेखिएको पाइयो । तर यति हुँदाहुँदै पनि हाम्रा बुवा बाजेहरू देखि हिन्दु भनेर लेख्दा रहेछौंूअभियानमा खटेका मगर संघ रुकुम पुर्वका जिल्ला कार्य समितिका उपाध्यक्ष जीत बहादुर पुन मगरले बताए ।

समापन कार्यक्रममा भूमे १ नम्बर वडाका वडा सदस्य नविन्द्र पुन मगर, माओवादी केन्द्र रुकुम पुर्व जिल्ला सदस्य मनकाजी पुन मगर, नेकपा एमालेका प्रतिनिधि पिलम पुनमगर, प्रहरी चौकी लुकुमका इन्चार्ज चित्र बहादुर बुढा क्षेत्री, स्वास्थ्य इकाईका किरण पुन रोका मगर लगायतको उपस्थिति रहेको थियो ।

दोस्रो चरणका कार्यक्रम भने बाँकी वडामा दशैं पछि सञ्चालन हुने अध्यक्ष पुनले जानकारी दिएका छन् ।

Facebook Comments