• ९ श्रावण २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी पूँजीबजार लगानीकर्ता संघ गठन




लुम्बिनी पूँजी बजार लगानीकर्ता संघ गठन गरिएको छ ।

लगानीकर्ताहरुको भेलाले लगानीकर्ताहरुको हकहितका लागि सो संस्था गठन गरेको हो ।

भेलाले युवराज पोख्रेलको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । जसको उपाध्यक्ष इश्वरी घिमिरे, सचिव सरु खनाल, सहसचिव शालिकराम कालाथोकी, कोषाध्यक्ष बेदु अधिकारी रहनुभएको छ ।

संघको सदस्यमा खगेश्वर कालाथोकी, पवन अधिकारी, सुशील पोख्रेल, संहिता अधिकारी, तेज कुँवर र मानबहादुर महरा रहनुभएको छ ।

सेयर बजारका लगानीकर्ताको हितकै लागि भनेर लगानीकर्ता संघ र इन्भेष्टर फोरम यसअघि नै गठन भएका छन्। तर लुम्बिनी प्रदेशका लगानीकर्ताहरुको हकहित र समस्या समाधान को लागि भन्दै अर्को लगानीकर्ता संघ स्थापना भएको हो ।

साथै उक्त भेलाले २०७८ सालको बडा दशैँ तथा शुभ दीपावलीको शुभकामना आदानप्रदान समेत गरेको छ । अनुभव आदानप्रदान गर्ने क्रममा CA/TA र सेयरबजारका अनुभबी लगानीकर्ता बाट तालिम तथा गोष्टि संचालन गर्ने समेत निर्णय गरेको छ ।

भेलामा ३० बढी लगानीकर्ताहरुकोको उपस्थीत रहेको थियो ।

Facebook Comments