• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टि–मार्टले ल्यायो चाडपर्व विशेष अफर




घोराही, २२ असोज । टि–मार्टले चाडपर्व विशेष अफर सञ्चालनमा ल्याएको छ । दाङको घोराहीमा रहेको टि–मार्टले ग्राहक वर्गलाई मध्यनजर गरि विजया दशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा विभिन्न उपहारहरु सञ्चालनमा ल्याएको हो ।


स्थापना भएको छोटो समयमै आफूलाई सफल व्यवसायिकको रुपमा पहिचान बनाएको टि–मार्टले ग्राहक वर्गहरुलाई लक्षित गरि ल्याइएको चाडर्व विशेष अफर यही असोज २१ गतेदेखि कात्तिक २४ गतेसम्म लागु हुने टि–मार्टका सञ्चालक टिकाराम रावतले जानकारी दिएका छन् । उक्त अफरमा १० हजारसम्म र सो भन्दा माथि सामान खरिदमा पानी तताउने किट्ली, ८ हजारको खरिमा एकसेट चिया कपसेट, ५ हजारको खरिदमा एक किलो चिनी र आधा दर्जन साबुन, तिनहजारको खरिदमा एक किलो चिनी र एक हजार पाँच सयको खरिदमा ४ पिट भाडा माझ्ने साबुन उपलब्ध हुने पनि सञ्चालक टिकारामले जानकारी दिएका हुन् ।
यो विशेष अफर ग्राहक वर्गहरुले घोराही १५ भिंग्रेली चोक र घोराही १४ लखन पार्कमा रहेको टि–मार्ट कार्यालयबाट लिन सक्नेछन् । साथै टि–मार्टको मेम्बरशीप भएका ग्राहकहरुलाई सामान खरिदमा थप २ प्रतिशत छुटको व्यवस्था गरिएको र ग्राहकले टि–मार्टको मेम्बरशीप बन्न चाहेको खण्डमा सामान खरिद गर्ने बेला नै तुरुन्तै मेम्बरशीप बन्न सकिने व्यवस्था गरिएको छ ।
मार्टले हरेक वर्षमा पर्ने चाडपर्वहरुमा ग्राहकहरुलाई विशेष अफर तथा छुट दिदै आइरहेको छ ।

Facebook Comments