• २१ भाद्र २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको नयाँ पहलः प्रतिष्ठान सरोकार समाज गठन




स्थापनाको झण्डै चार बर्ष निष्कृयप्रायः रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नयाँ गतिमा अघि बढाउन जनस्तरबाट नयाँ पहल थालिएको छ ।

यसअघि प्रतिष्ठानमा नयाँ पदाधिकारी आएसँगै जग्गा प्राप्तिमा कुनै काम अघि बढ्न सकेको थिएन भने शैक्षिक कार्यक्रम पनि शुरु हुन सकिरहेको छैन । साविकको राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा गाभिएपछि नागरिक सरकारी स्वास्थ्य सेवा पाउनबाट पनि वञ्चित हुँदै आएका थिए ।

प्रतिष्ठान स्थापनाका लागि दाङ उद्योग वाणिज्य संघको अगुवाईमा प्रतिष्ठान सरोकार समिति गठन गरिएको थियो । तर, प्रतिष्ठानमा पदाधिकारी आएपछि उनीहरुको बेवास्ताका कारण सरोकार समिति पनि कामविहीन बन्न थालेको थियो ।

अहिले आएर सो सरोकार समिति र मेडिकल कलेज ब्यवस्थापन समिति मर्ज भएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समाज गठन भएको छ ।

दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको सरोकारवालाहरुको भेलाले समाज गठन गरेको हो । दाङ उद्योग वाणिज्य संघको संयोजत्वमा गठित समितिमा जिल्लास्थिति सबै सरोकारवालाहरु सदस्य बसेका छन् ।

जसअनुसार सदस्यहरुमा नारायण अधिकारी, वीरकेशरी गौतम, लक्षण आचार्य, जीवन गौतम, दधिराम सुवेदी, हरिप्रसाद पाण्डे, चन्द्रराज पन्त, श्रीमण न्यौपाने, माधवप्रसाद शर्मा, काशीनाथ पोखे्रेल, निर्मल आचार्य, नारदमणि पोख्रेल, किरणकुमार पोख्रेल, सुदीप गौतम, सावित्रा राणा, शंकर डाँगी, गणेश आचार्य, गिरिराज सुवेदी, हेमराज बञ्जाडे, रामशरण यादव, हेमराज शर्मा पोख्रेल, भुपबहादुर डाँगी, गुरुप्रसाद महरा, नरबहादुर बुढाथोकी रहनुभएको छ । त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष र नागरिक समाज दाङका संयोजक पनि सदस्य रहनुभएको छ ।

भेलाले प्रतिष्ठान सञ्चालनका लागि यसअघि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित जग्गा ब्यवस्थापन समितिले सिफारिस गरेको जग्गा प्रतिष्ठानको नाममा दर्ता गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

Facebook Comments