• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाली कांग्रेस रोल्पा–दाङ सम्पर्क समितिद्धारा शुभकामना आदानप्रदान




घोराही, २० असोज । नेपाली कांग्रेस रोल्पा–दाङ सम्पर्क समितिले दशै तथा तिहारको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । समितिले दशैंको पूर्वसन्धामा बुधबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि विजया दशमी, शुभदीपवली तथा छड पर्वको अवसरमा शुभकामना आदानप्रपादन कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाली कांग्रेस रोल्पा–दाङ सम्पर्क समितिका अध्यक्ष धनबहादुर रसाइलीको सभापति एवं पूर्व राज्यमन्त्री, संविधानसभाका सदस्य तथा नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुनले नेता तथा कार्यकर्ताहरुको दिमागमा विकासको चेतना हुनुपर्ने बताए । जबसम्म नेताको दिमागमा विकासको चेतना हुदैन् तबसम्म देशको विकास नहुने पनि उनले बताए ।


नेपालको परिवर्तन नेपाली कांग्रेसले नै गर्ने भएकाले सहमति, सहकार्य र एकताको आवश्यक रहेको पनि उनले प्रष्ट पारे । पार्टीभित्र केही विमत्ती हुन्छन् र त्यस्ता विमत्तीलाई बाहिर ल्याउने होइन्, पार्टीपिभत्रै सहमति खोज्नुपर्ने उनको भनाइ छ ।
नेपाली कांग्रेस रोल्पा जिल्लाका सल्लाहकार टेकबाहादुर बस्नेत, रोल्पा–दाङ सम्पर्क समितिका सल्लाहकार ऋषिराज शर्मा र लिलाधर श्रेष्ट, तरुण दल रोल्पा अध्यक्ष तिलकबहादुर बुढाथोकी, घोराहीउपमहानगरपालिकाका सभापति तिलक रावत, नेविसंघ रोल्पाका सचिब नारायण रेग्मी लगायतको उपस्थितिमा भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बोल्ने बक्ताहरुले एक अर्कामा चिनजान गर्ने सहज पाटो भएको बताएका छन् । बोल्ने बक्ताहरुले एकआपसमा शुभकामनाका शब्दहरु बाड्दै बेलबखत यस्ता कार्यक्रमहरु हुन जरुरी भएको बताएका हुन् ।
सो अवसरमा प्रकाश विश्वकर्मा नेकपा माओवादी केन्द्र परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
हिरालाल रावतको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सन्तोष शर्माले गरेका हन् ।

Facebook Comments