लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी)मा नेपाल पत्रकार महासंघको प्रदेशस्तरीय भवन निर्माण हुने भएको छ ।
भवनका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेपछि यो बर्षभित्रै भवन बन्ने निश्चित भएको हो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेको बजेटमा पत्रकार महासंघको भवन बनाउने उल्लेख छ ।
त्यसो त महासंघले भवन निर्माणका लागि जग्गाको ब्यवस्थापन गरिसकेको छ । भवन निर्माणका लागि आवश्यक जमीनको ब्यवस्थापन भइसकेको र यही बर्षभित्र भवन निर्माण गरिने महासंघका अध्यक्ष बसन्त गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भवन निर्माणसँगै यसलाई महासंघ र प्रदेशभित्रका सञ्चार संगठनको कार्यालय एकै ठाउँमा रहने गरी बहुउद्देश्यीय भवन बनाइने छ । प्रदेश सरकारले पत्रकार दुर्घटना विमाका लागि बजेट विनियोजन गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।