• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जलवायु परिवर्तनको उच्च जोखिममा पर्नेलाई निःशुल्क बीउ वितरण





प्रभात गुरुङ – रुकुम (पूर्व) – जिल्लाको भूमे गाउँपालिका १ नम्बर वडाका ९३ घर परिवारलाई लसुन र प्याजको बिउ वितरण गरिएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गत पहाडी साना किसानका लागि अनुकुलन आयोजना रुकुमको सहयोगमा ती घरधुरीलाई बिउ वितरण गरिएको हो ।

स्थानीय अनुकुलन योजनाको आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम अन्तर्गत आयमुलक तर्फको ती घरधुरी छनोटमा परेका थिए । गरवाङ खुइम, रुजीखोलाका ३१ र रिकुङका ३१ र लुकुमका ३१ परिवारले बीउ पाएका हुन् । प्याजको बिउ प्रति घरधुरी १ केजी र लसुनको बिउ प्रति घरधुरी २० केजीका दरले वितरण गरिएको छ ।

९३ घर परिवालाई नै ड्रम, पाईप, हजारी लगायत कृषि सामाग्री पनि उपलब्ध गराइएको आसा कार्यक्रमका सामाजिक परिचालक तेजबहादुर वलीले जानकारी दिए । जलबायु परिवर्तनको उच्च जोखिममा रहेका भि थ्रि र भि फोरमा पर्ने ती परिवार छनोट गरि प्रति परिवार १४ हजार मूल्य बराबरका दरले बिउ तथा कृषि सामाग्री प्रदान गरिएको उनले बताए ।

Facebook Comments