• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकारले राज्यको कुनै अपेक्षा नगरेर समाज रुपान्तरणका लागि कलम चलाउनु पर्ने ः विपुल




जंगबहादुर रेउले
घोराही, १८ असोज । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारले राज्यको कुनै अपेक्षा नगरेर समाज रुपान्तरणका लागि कलम चलाउनु पर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ दाङको संयोजनमा सोमबार घोराहीमा भएको आधाभूत पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले पत्रकारको पनि समाजमा महत्वपूर्ण भूमिका रहने भएकाले पत्रकार र पत्रकारिताले समाजलाई योगदान दिन सक्छन् भन्ने कुरा पुष्टि गर्नुपर्ने बताए । पछिल्लो समयमा पत्रकारलाई विभिन्न खालका टिका टिप्पणीको दृष्टिकोणले हेर्ने काम भइरहेको र अब आलोचनात्मक नहुने गरि पत्रकारिकता गर्नुपर्ने समेत उनले प्रष्ट पारे ।
पत्रकारले जहिले पनि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएर नागरिकका आवजहरुलाई राज्य समक्ष पु¥याउनुपर्ने र समाज रुपान्तरणको अभियानमा अगाडि बढ्नुपर्नेमा अध्यक्ष विपुलले जोड दिए । पत्रकारिता तालिममा सहभागि प्रशिक्षर्थीहरुलाई निर्भिकता, निडर र निष्पक्ष पत्रकारको रुपमा उभिएर पत्रकारिता गर्न समेत उनले सबैलाई अनुरोध गरे ।
त्यस्तै पत्रकारिता तालिमको प्रमुख प्रशिक्षक तथा समापन कार्यक्रमका विशिष्ट अतिथि गोविन्द आचार्यले सिकाइ निरन्तर प्रक्रिया भएको बताए । तालिममा सिकेका सबै कुरा व्यवहारमा लागु गरेमात्र सिकाइको उपलब्धी प्राप्त हुने उनले जिकिर गरे । लेख्ने, बोल्ने, सामूहिक छलफल गर्ने, अभियन गर्न सक्षम बनाउनु तालिमको मुख्य उद्धेश्य रहेको समेत उनको भनाइ छ ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासनले कोभिडकै कारणले गर्दा आफ्नो कार्यकालनमा पत्रकारिता तालिम गराउन नसकेको बताए । पत्रकार हुनलाई सबै कुरामा सक्षम हुनुपर्ने तथा पत्रकारिता गर्नको लागि दुःख, मेहनत र संघर्ष गरेर अगाडि बढेमा छोटो समयमै उपलब्धी हासिल गर्न सकिने पनि उनले प्रष्ट पारे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले पत्रकारको मूल्य र मान्यताको आधारमा रहेर पत्रकारिता गर्नुपर्ने बताए । तालिममा आर्जन गरेका ज्ञानलाई व्यवहारमा उत्तार्न सकियो भने मात्र सफलतामा पुग्न सकिने उनले बताए । पत्रकारिता पेसा संभावना र चुनौती बोकेको क्षेत्र भएकाले पत्रकारको आचारसंहितालाई पालना गरि अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै तालिमका प्रबन्धक संघर्ष पन्तले तालिमको मुख्य उद्धेश्य खोजी समाचार रहेको बताइन् । तालिम एक सिकाइ प्रक्रिया भएकाले पत्रकारहरुको संरक्षणका लागि भएपनि बेलाबखत तालिमको आयोजना गर्नुपर्ने समते उनले बताइन् ।
कार्यक्रममा तालिममा सहभागी दुई जना प्रशिक्षार्थी प्रकाश खानाल र सरिता चौधरीले एक हप्ते पत्रकारिता तालिम अवधिभर भएका गतिविधि बारेमा जानकारमूलक अनुभव सुनाएका थिए ।
कार्यक्रममा पत्रकारिता तालिममा सहभागि रहेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

दाङ जिल्लामा रहेका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुका लागि क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ
एक हप्ते आधाभूत पत्रकारिता तालिम यही असोज १२ गतेदेखि नेपाल पत्रकार महासंघको सभाहलमा शुरु भएको थियो ।
नेपाल पत्रकार महासंघ दाङका उपध्यक्ष बसुन्धारा गौतमको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय निर्वतमान अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासंघ दाङका निर्वतमान अध्यक्ष सविन प्रियासन, अन्तराष्ट्रिय अलर्टका कार्यक्रम संयोजक विजय क्षेत्री, कार्यक्रमका प्रबन्धक संघर्ष पन्त, नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति शिवराज खनाल र शिवराज खनालल लगायतको उपस्थिति रहेका थियो ।
नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति शिवराज खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासंघका सचिव आरके शितलले गरेका थिए ।

Facebook Comments