• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीमा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश




घोराही  । रुन्टीगढीमा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रोल्पाको रुन्टीगढी गाउँपालिका ७ बलबाङका एक दर्जन कार्यकर्ताहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरि आइतबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

अबको कांग्रेस प्रगतिशील , सामाजिक रुपान्तरण र विकसित समाज निर्माणका लागि रुन्टीगढीमा कांग्रेस भन्ने सोचका साथ रुन्टीगढी गाउपालिका ७ बलबाङमा मिलन रोका र तिर्थ दशौदीको नेतृत्वमा नेकपा एमाले र नेकपा माओबादी केन्द्र परित्याग गरि एक दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको नेका रुन्टीगढी गाउँपालिकाका सभापति जनक पुनले जानकारी दिए ।


जसमा प्रवेश गर्ने हरुमा मिलन रोका ,केशलाल बुढा ,तृथराज दशौदी , श्यामराज नेपाली ,कमल नेपाली,शुरेस नेपाली,लक्ष्मण नेपाली,भरत रोका , जनक रोका लगायत रहेका छन् ।
नबप्रबेशीहरुलाई पार्टीमा उच्च सम्मान र मूल्यांकन गर्ने अठोटका नेपाली कांग्रेस रुन्टीगढीले विशेष स्वागत गरेको समेत सभापति पुनले बताए ।

Facebook Comments