• २० श्रावण २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
व्यावसायिक फाेटाेग्राफरहरूलाई क्षमता अभिवृद्धि तालिम




हिमाल महरा । दाङ जिल्ला फाेटाेग्राफर एशाेसियसनकाे आयाेजनामा एक दिने फाेटाेग्राफि तालिम सम्पन्न भएकाे छ ।

व्यावसायिक फाेटाेग्राफरहरूकाे क्षमता अभिवृद्धिका लागि तालिम आयाेजना गरिएकाे नेपाल फाेटाेग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश संयाेजक वसन्त जाेशीले जानकारी दिनुभयाे । तालिममा दाङ जिल्ला भरका पचास जना व्यावसायिक फाेटाेग्रफरहरूकाे सहभागिता रहेकाे थियाे ।

एशाेसियसन दाङका अध्यक्ष वसन्त न्याैपानेकाे अध्यक्षता एवम् नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेतकाे प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल फाेटाेग्राफर महासंघका सचिव गणेश दंगाल, दाङ जिल्ला उद्याेग वाणिज्य संघका सचिव नरेश श्रेष्ठ, फाेटाे पसलका प्रवन्ध निर्देशक विक्रम न्याैपाने र दाङ जिल्ला फाेटाेग्राफर एशाेसियसनका पूर्व उपाध्यक्ष मधुसूदन जाेशीले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

उपाध्यक्ष नारायण खनालकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सञ्चालन महासचिव दुर्गा चाैधरीले गर्नुभएकाे थियाे ।

फाेटाे पसल प्रा.लि. काे सहकार्यमा गरिएकाे तालिमकाे प्रशिक्षमा वरिष्ठ फाेटाेग्राफर याेगेन्द्रजंग बस्नेत रहनुभएकाे एशाेसियसनका सचिव हिमाल महराले जानकारी दिनुभयाे ।

Facebook Comments