• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सर्वाेत्कृष्ट फाेटाेग्राफरमा दाङका वसन्त जोशी




घाेराही, १६ असाेज । दाङ निवासी वसन्त जाेशी नेपालकै सर्वाेत्कृष्ट फाेटाेग्राफर घाेषित हुनुभएकाे छ ।

नेपालभरका २ सय ६६ जना फाेटाेग्राफर सहभागी प्रतियोगितामा दाङका ४६ जना फाेटाेग्राफर सहभागी हुनुहुन्थ्यो । प्रतियाेगितामा नेपालभरबाट १५ जना फाेटाेग्राफरलाई सर्वाेत्कृषट घाेषित गरिएकाे थियाे । त्यसमध्ये दाङबाट जाेशी सहित विष्णु न्याैपाने र झग्गु चाैधरी सर्वाेत्कृष्ट हुनुभएकाे थियाे ।

दाङ जिल्ला उद्याेग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष समेत रहनुभएका जाेशी २०५३ साल देखि फाेटाेग्राफी गर्दै आउनुभएकाे छ । उहाँ नेपाल फाेटाेग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष, लुम्बिनी प्रदेश संयाेजक तथा दाङ जिल्लाका पूर्व अध्यक्ष हुनुहुन्छ । प्रतियोगिता फाेटाे पसल प्रा.लि. काठमाण्डाैले आयाेजना गरेकाे थियाे ।

Facebook Comments