• ६ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाली कांग्रेस रुकुमपूर्वको सभापतिमा केशरमान सर्वसम्मत




नेपाली कांग्रेस रुकुमपूर्वको सभापतिमा केशरमान रोका मगर सर्वसम्मत निर्वाचित भएका छन् । सिस्ने गाउँपालिका रुकुमकोटमा भएको जिल्ला अधिवेशनले शनिबार सर्वसम्मत रूपमा रोका मगर सभापतिमा निर्वाचित भएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका रोका मगर यस अघिका पनि जिल्ला सभापति हुन् ।

१७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । उप–सभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम मगर, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी चयन भएका छन् । यसैगरी धनप्रताप बुढा मगर र खडगबहादुर घर्तीलाई सह–सचिवमा चयन गरेको छ ।

कार्य समितिमा संगिता बुढा मगर, बालकुमारी खड्का घर्ती, रमुना विक, भरत घर्ती मगर, दलु बुढा, हुमलाल जैसी, बाबुराम कँवर, मेखलाल बुढा, बसन्तकुमार बुढा र रामबहादुर नेपाली चयन भएका छन् । २ दिन सम्म चलेको अधिवेशनले सर्वसम्मत जिल्ला कार्य समिति चयन गरिएको छ ।

सुरुमा भने सभापति रोका सहित, भीमबहादुर खड्का, तेजेन्द्र खाम मगर लगायत ६ जनाले जिल्ला सभापतिमा दाबी गरेका थिए । अन्तिममा पार्टीका सम्पूर्ण कार्यकर्ताको भावना अनुसार निर्वाचन नगरी सहमति अनुसार रोका मगरलाई पुनः सभापतिमा चयन गरिएको नेपाली कांग्रेस रुकुमपूर्वले जनाएको छ ।

पूर्व सहायक मन्त्री समेत भइसकेका रोका मगर पुथाउत्तरगंगा गाउँपालिकाका स्थायी बासिन्दा हुन् । छुट्टै जिल्ला बनेपछिको कांग्रेसको यो पहिलो जिल्ला अधिवेशन हो ।

Facebook Comments