• २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश




हिमाल महरा ,घोराही। बंगलाचुली गाउँपालिका–४ गहत्तेरामा नेकपा एमाले, माओवादी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेस गरेका छन ।


प्रवेश गर्नेहरुमा गोकर्ण डाँगी, गुरु प्रसाद खत्री, बुद्धिराम विष्ट, लुमाकान्त डाँगी, प्रमिला डाँगी, हर्क बहादुर डाँगी लगात १५ जानले प्रवेश गरेका थिय ।

उनिहरुले एमाले, माओवादी पार्टीले जन्ताको सेवा भन्दा व्याक्तिगत स्वार्थ र जन्तालाई धोका दिने काम गरेको हँदा कांग्रेसमा प्रवेश गरेको बताएका छन ।


नेपाली कांंग्रेस बंगलाचुली–४ वडा सभापति शिवराज दमाईको सभापति तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तेज बहादुर नेपालीको प्रमुख अतिथ्यतामा तथा नेपाली कांग्रेस पूर्व दाङ जिल्ला सदस्य नारायण भण्डारीको विशिष्ट अतिथिमा उक्त कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा नेत्रबहादुर खत्रीको नेतृत्वमा ११ सदस्यीय गहत्तेरा टोल कमिटी गठन समेत भएको छ ।
सभापतिमा नेत्र बहादुर खत्री, उपसभापतिमा गुरु प्रसाद डाँगी सचिवमा फनाधर डाँगी, कोषाध्यक्षमा गिरिराज गिरी, सहसचिवमा लुमा कंवर तथा सदस्यहरुमा वद्रीराम विष्ट, विस्नु खत्री, दोर्ण डाँगी, दामोदर विष्ट, सिता डाँगी, प्रमिला डाँगी रहेका छन । नेपाली कांग्रेस बंगलाचुलीको उपसभापति द्रोर्ण खत्रीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचलान नेपाली कांग्रेस बंगलाचुली–४ का वडा सभपाति विक्रम डाँगीले गर्नु भएको थियो ।

Facebook Comments