मनोज पुन, होलेरी । “सबै उमेर समुहको लागि विद्युतिय प्रविधिको प्रयोगमा समानता” भन्ने मुल नाराको साथमा रोल्पाको होलेरीमा सरोकारवाला र जेष्ठ नागरिकहरुबीच अन्तरक्रिया गर्दै ३१ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ ।
कार्यक्रममा नेपालको संविधानमा भएको जेष्ठ नागरिकको सुरक्षा तथा हक अधिकार सम्वन्धी अन्र्तक्रिया गरिएको हो । साथै कार्यक्रममै जेष्ठ नागरिकबाट आएको प्रश्न तथा विचारसंग सरोकारवाला बीच वृहत छलफल समेत भएको बताइएको छ ।
जेष्ठ नागरिक मिलन केन्द्र होलेरीको आयोजना तथा रुन्टीगढी गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षतामा जेष्ठ नागरिक दिर्घ बहादुर खड्का रहनु भएको थियो भने प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिकाका सामाजिक विकास संयोजक याम बहादुर दशौदी राना ,विशिष्ट अतीथीमा रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराई,इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरिक्षक जिवराज थापा,प्राथमिक स्वास्थ्य केन्द्र होलेरी का डा.विशाल कवंर,लगायत स्थानीय जेष्ठ नागरिकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।
जेष्ठ नागरिक रुद्रमणि सुवेदी को स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा का प्रमुख शिला मल्ले गर्नु भएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।