जनसांस्कृतिक महासंघ दाङको भेला घोराही रामपुरको चरिंगे दहमा सम्पन्न भएको छ ।
भेलाले लेखा अधिकारीको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । जसको सहसंयोजकमा हिरालाल परियार रहनुभएको छ ।
जिल्ला टीका बुढा ‘रञ्जित’को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशससभा कानून मामिला सभापति दामाकुमारी शर्माले कलाकर्मीहरु समाजवादी क्रान्तिकारीको तयारीमा जुट्नुपर्ने बताउनुभयो । जनयुद्धको भट्टीबाट उत्पादन भएका कलाकारहरु अब समाजवादी क्रान्तिको तयारीमा जुट्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बिशिष्ठ अतिथिद्वय महासंघका केन्द्रीय सचिव सुदीन चौधरी र कोषाध्यक्ष प्रगति महरा, माओवादी केन्द्र दाङका जिल्ला सदस्य प्रमिता चौधरी, जनसंगीतकर्मी संघका केन्द्रीय सदस्यद्वय सिता चौधरी र प्रेमा गैरेलगायतले बोल्नुभएको थियो ।
लेखा अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव हिरा सारथीले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।