• ६ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा एकीकृत समाजवादी दाङको पूर्ण बैठक असोज १४ गते घोराहीमा




नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) जिल्ला कार्यालय दाङको बैठकले आगामी असोज १४ गते जिल्ला समितिको प्रथम पूर्ण बैठक बोलाएको छ ।

पार्टी जिल्ला कार्यालय समाजबादी चोक घोराहीमा जिल्ला अध्यक्ष शुरामणि बेलबासेको अध्यक्षतामा र पार्टीका स्थायी कमिटीका सदस्य एवं् लुम्विनी प्रदेशका इन्चार्ज भागवत विश्वाशीको प्रमुख आतिथ्यतामा बसेको बैठकल जिल्ला समितिको बैठक टी थ्री पार्टी प्यालेसमा गर्ने असोज १४ गते गर्ने निर्णय गरेको हो ।

प्रथम बैठकको तयारीका निम्ति जिल्ला कार्यालयले आबस्यक तयारी गर्ने निर्णय गरेको छ । आगामी असोज २२ गते घोराही तुल्सीपुर चोक र डीके पेट्रोल पम्पका वीचमा रहेको समाजबादी चोकस्थित नयां भवनमा पार्टी कार्यालयको उद्धघाटन गर्ने र त्यसको आवस्यक तयारी पनि जिल्ला कार्यालयले गर्ने निर्णय गरेको अध्यक्ष बेलबासेले जानकारी दिनुभयो । पार्टीको आगामी कार्ययोजना र पार्टी जिल्ला सदस्यहरुको कार्यविभाजन तयार गरि प्रथम वैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ ।

आगामी आश्विन १४ गते हुने प्रथम बैठकमा सहभागिताका लागि २०७७ चैत २५ गते तुल्सीपुर दोघरेमा नेकपा (एमाले) जिल्ला कमिटी दाङको बिस्तार गरिएको र उक्त विस्तारित कमिटीलाई २०७८ भाद्र १७ गते घोराहीमा सम्पन्न बैठकबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) जिल्ला कमिटीमा रुपान्तरण गरिएको थियो ।

हालै सम्पन्न भएको पार्टी लुम्विनी प्रदेश कमिटीको बैठकबाट रुपान्तरित कमिटीलाई नेकपा (एकीकृत समाजबादी) दाङ जिल्ला कमिटीका रुपमा अनुमोदन गरेको छ । यस कमिटीमा रहनु भएका सबै सदस्यहरुलाई बैठकमा आमन्त्रण गरिएको उहाँले जानकारी दिनुभयो ।

‘बैठकले एकीकृत समाजबादी पार्टीलाई साथ दिन र आवस्यक सबै प्रकारका सहयोग गर्न पुरानो पार्टी–नेकपा (एमाले) मा रहनु भएका सम्पूर्ण नेता–कार्यकर्ता कमरेडहरु, पार्टी सदस्य कमरेडहरु, आदरणीय शुभचिन्तक एवम सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गरेको छ’– अध्यक्ष बेलबासेले भन्नुभयो ।

बैठकलाई प्रमुख अतिथि पार्टी प्रदेश इन्चार्ज भागवत विश्वाशी,केन्द्रीय कमिटीका सदस्य एवम दाङ ईन्चार्ज जोगबहादुर राना, केन्द्रीय सदस्य एवम दाङ जिल्ला सह ईन्चार्जहरु शारदा स्वर्णकार र अनारकली मियाले निर्देशन सम्बोधन गर्नु भएको थियो ।

Facebook Comments