• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
धितो बोर्डका अध्यक्ष भीष्म ढुंगानासँग स्पष्टिकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय




सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानासँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

ढुंगानाले कानून विपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा छानबीन गर्न सरकारले छानविन गर्न समिति गठन गरेको थियो । यसअघि पनि मन्त्रिपरिषद बैठकले नै बोर्डका अध्यक्षका सम्बन्धमा छानबीन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।


छानविन समितिको सदस्यमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहनुभएको थियो ।

धितोपत्र बोर्ड सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ मा अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्‍याई बोर्डको हित वा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न सक्ने कानुनी व्यवस्था छ ।

जाँचबुझ समितिले सिफारिश गरेमा अध्यक्षलाई हटाउन सकिने पनि व्यवस्था रहेको छ । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद भएको पाइएको थियो । अब ढुंगानालाई अध्यक्षबाट हटाउने प्रयोजनले स्पष्टिकरण सोधेको स्रोतले जनाएको छ ।

Facebook Comments