• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चाडपर्वलाई मध्यनजर गर्दै होलेरीमा बजार अनुगमन




मनोज पुन, होलेरी । रोल्पामा चाडपर्व नजिकिदै गर्दा बजार अनुगमन गरिएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिककको होलेरीमा सोमवार बजार अनुगमन गरिएको हो।

हिन्दु धर्मालम्वीहरुको महान चाडपर्वहरु दशै तिहार जस्ता पर्वहरु नजिकिदै गरेको अवस्थालाई मध्यनजर गर्दै अनुगमन कार्यलाई तिव्रता दिएको अनुगमन समितिका संयोजक एवं रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुनले बताउनु भएको छ ।
बजार अनुगमनमा अनुगमन समितिका संयोजक एवं रुन्टीढी गाउँपालिकाका उपाध्यक्ष छमाया पुन, इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी नायव निरिक्षक नारायण जिसी,उद्योग बाणिज्य संघ रोल्पाका गोविन्द पुन, बजार ब्यवस्थापन समिति होलेरीका भुपाल बस्नेत,रुन्टीगढी गाउँपालिकाका रुपेश अधिकारी ,श्यामणि विक,दिपक पराजुली, बिशाल बोहोरा अम्वीका पौडेल,दिपेन्द्र घर्ती, संचारकर्मी ,नगर प्रहरी लगायतको टोलीले बजार अनुगमन गरेको हो ।


अनुगमनको क्रममा पसल दर्ता तथा नविकरण, मूल्यसुचीको प्रयोग सम्बन्धिको अनुगमन लगायत म्याद गुज्रएिको सामानहरु जफत गरी नष्ट गरिएको बताइएको छ ।

Facebook Comments