• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ घोराही उपमहानगरको अध्यक्षमा: राम




घोराही । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ घोराही उपमहानगरपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
शनिबार घोराहीमा एक औपचारिक कार्यक्रमकाबीच सो सम्मेलन सम्पन्न भएको हो ।


सम्मेलनले उपाध्यक्ष पछि थप गर्नेगरी रामबहादुर बिकको अध्यक्षतामा १९ सदस्यीय कमिटी गरेको छ । जसको सचिबमा राजमोहन थापा मगर, सह – सबिचमा शिबहहादुर बिक , कोषाध्यक्षमा देबराज केसीलगाएत रहेका छन् ।
सम्मेलनमा प्रमुख अतिथि समेत रहेका डिल्लीले अझैसम्म श्रमिकहरुले श्रमको उचित मुल्य नपाएको बताए । श्रमिक वर्गहरुको थुप्रै समस्याहरू अहिलेपनि ज्युका त्यु रहेकोले अब त्यसको समाधानका लागि हाम्रो संगठनले नेतृत्व गरेर अगाडि बढ्नुपर्ने पनि उनले बताए । संगठनले कुनैपनी कामगर्दा पार्टीको नीति र विधि अनुरुप गर्नुपर्ने पनि उनको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाका कार्यालय सदस्य तथा तुलसीपुर उपमहानगरका इन्चार्ज बिकास र नेकपा दाङका कार्यालय सदस्य तथा घोराही उपमहानगरका इन्चार्ज तिलकले शुभकामना मन्तव्य दिदै यो दलाल संसदीय ब्यबस्था भित्र मजदुर वर्गले कहिल्यै पनि श्रमको उचित मुल्य नपाउने बताएका छन् । जहिलेसम्म यो संसदीय ब्यबस्था रहन्छ , त्यतिबेलासम्म मजदुरहरु मालिकका दास बन्नुपर्ने पनि उनीहरुले बताएका हुन् । अब मजदुरहरुको रक्षा गर्ने भनेको एकमात्र ब्यबस्था भनेको वैज्ञानिक समाजवाद भएको समेत उनीहरूले बताए ।

रामबहादुर बिकको अध्यक्षता एवं संगठनको केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो संयोजक डिल्ली वलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका सबै वडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।
खिमबहादुर बिकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण राजमोहन थापाले गरेका थिए ।

Facebook Comments