• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा इञ्जिनियरिङ क्याम्पस स्थापनाको तयारी: इञ्जिनियरिङ संस्थानको समिति गठन




दाङमा लुम्बिनी प्रदेशको सरकारी इञ्जिनियरिङ क्याम्पस स्थापनाका लागि प्रक्रिया अघि बढेको छ । क्याम्पस सञ्चालनका लागि सबै तहबाट स्वीकृत भइसकेपछि अन्तिम तयारीका लागि त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले एक समिति गठन गरेको छ ।

सहायक डिन प्रा.डा. सुशीलबहादुर बज्राचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको कन्सल्टेन्सी विभाग प्रमुख सहप्राध्यापक नारायणप्रसाद गौतम, सिभिल इञ्जिनियरिङ विभागका डा. सुरज लामिछाने र कर्मचारी शाखा प्रमुख पूर्णप्रसाद गौतम रहनुभएको छ ।

यो समितिले दाङमा क्याम्पस स्थापना र सञ्चालनका लागि सम्पूर्ण खाका तयार पारेर दुई महिनाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको छ ।

क्याम्पस स्थापनाका लागि अन्य प्रक्रिया पूरा भइसकेको ं क्याम्पस स्थापनाका लागि पहल गरिरहनुभएका नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले जानकारी दिनुभयो । आगामी शैक्षिकबर्षदेखि कक्षा सञ्चालन गर्ने गरी पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।

अहिलेसम्म लुम्बिनी प्रदेशमा सरकारी इञ्जिनियरिङ क्याम्पस छैन । क्याम्पसको पूर्वाधार तयारीका लागि अनुदान आयोगले पाँच करोड बजेट बिनियोजन गरिसकेको छ ।

क्याम्पस स्थापनाका लागि घोराही उपमहानगरपालिकाले पाँच बिघा जग्गा उपलब्ध गराइसकेको छ । क्याम्पस भरतपुरस्थित डाँडामा स्थापना हुनेछ । जग्गा प्राप्त भइसकेको र अनुदान आयोगबाट बजेट पनि आइसकेकाले तयारीका लागि त्रिविले इञ्जिनियरिङ अध्ययन संस्थानलाई पत्र लेखेको थियो । सोही निर्देशनका आधारमा संस्थानले अन्तिम तयारीका लागि समिति गठन गरेको हो ।

Facebook Comments