• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेपाली कांग्रेस बंगलाचुलीको सभापतिमा: जागेश्वर




हिमाल महरा
घोराही । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत बंगलाचुली गाँउपालिको सभापतिमा जागेश्वर अधिकारी सर्वसहमत चयन भएका छन् ।


जसमा उपाध्यक्षमा द्रोर्ण बहादुर खत्री र इन्द्र बहादुर वली सचिबमा चेत बहादुर डाँगी र बलदेव मल्ल तथा सह–सचिवमा खुम बहादुर बुढाथोकी र केयरसिंह गाहा सहति ३४ सदस्य रहने गरि सर्वसहमत चयन भएको नेपाली कांग्रेस निर्वाचन समिति दाङले जानकारी दिएको छ ।
यसैबीच नवनिर्वाचित सभापति जागेश्वर अधिकारीले बंगलाचुलीमा कुनै पनि गुटको राजनीतिक नहुने प्रतिकृया दिनु भएको छ । अधिकारीले विभिन्न ठाउँमा कांग्रेस भित्र पनि गुटको राजनिति हुनेगरेको भएपनि बंगलाचुलीमा गुटको नभई एकाताको राजनितिमा जोड दिनेगरी अघि बढेको बताउनु भयो ।
अधिकारिले भन्नु भयो १४ औं महाधिवेशनबाट बंगलाचुलीमा सबै वडा, क्षेत्रिय प्रतिनिधी र गाउँपालिकाको कार्यसमिति सर्वसहमतरुपमा छनोट गरि यहाँ कुनै गुटको छैन भन्ने सन्देश समेत दिएका छौं ।
बंगलाचुलीमा नयाँ युवालाई कार्यकारी पद दिएर गुटग राजनिति भन्दा पार्टिलाई बलियो बनाउने गरी अघि बढ्ने योजना अनुसार गुटगत राजनितिलाई अन्त्य गर्ने सन्देश खोजिएको नब निर्वाचित सचिब चेत बहादुर डाँगीले बताउनु भयो ।

Facebook Comments