• २१ भाद्र २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुपा सुनार प्रकरणः अभियुक्तमाथि धरौटी माग




रूपा सुनारमाथि विभेद गरेको भन्दै बबरमहल बस्ने घरबेटी सरस्वती प्रधानलाई जिल्ला अदालत काठमाडौंले एक लाख १५ हजार रूपैयाँ धरौटी तिर्न आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासले उनलाई धरौटी तिर्न आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए।

सरकारी वकिल कार्यालय काठमाडौंले रूपा सुनारको मुद्दा केही दिनअघि नै काठमाडौं जिल्ला अदालतमा दायर गरेको थियो। तर बुधबार मात्रै घरबेटी सरस्वती प्रधान अदालतमा हाजिर भएपछि थुनछेक बहस गरी धरौटी तिर्न आदेश दिएको हो।

गत असार १ मा कोठा हेर्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन अस्वीकार गरेको आरोप लागेको थियो।

आफूमाथि जातीय विभेद भएको भन्दै रूपाले उनीविरूद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन्। प्रहरीले घरबेटी प्रधानलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

प्रहरीले घरबेटी प्रधानमाथि अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरेको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रतिवेदन फिर्ता पठाएको थियो। उनी हिरासतमुक्त भएकी थिइन्। हिरासतबाट छुट्दा उनलाई तत्कालीन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लिन प्रहरी कार्यालय पुगेका थिए।

Facebook Comments