• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संसद अवरुद्ध गर्दै आएको एमालेले राष्ट्रियसभाको मतविभाजनमा भाग लिएपछि भयो फसाद




संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष एमाले विनियोजन विधेयकमाथिको मत विभाजनमा भाग लिएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गरिएको मत विभाजनमा एमालेले भाग लिएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार सभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाका पास भइ सन्देशसहित पेस गरेको विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । निर्णयार्थ प्रस्तुत भएको उक्त प्रस्तावको पक्षमा सत्तारुढ दलका सांसदहरूले मत जाहेर गरेका थिए ।

एमालेका सांसदले ‘हुन्न’ भन्दै हात उठाएका हुन् । त्यसमा अग्रसरता राष्ट्रिय सभामा प्रतिपक्षी दल एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले सुरुमा हात उठाएर ‘हुन्न’ भनेका थिए । त्यसपछि अरु सांसदहरूले पनि हुन्न भन्दै हात उठाएका थिए ।

भट्टराईले प्रतिपक्षमा अभ्यस्त भइनसकेकाले भूलवस संसद्को प्रक्रियामा भाग लिन पुगिएको बताए । उनले भने, ‘मत विभाजनमा भाग लिने योजना थिएन । तर ‘हुन्न’ भनियो ।’

यस्तो किन हुन गयो भन्नेबारे भट्टराईको भनाइ थियो, ‘हामी लामो समयसम्म प्रतिपक्षको भूमिकामा थिएनौं । अलि थाहा छैन नि त । बाइमिस्टेक भयो ।’

‘हुन्छ’ र ’हुन्न’ भन्ने संसदीय प्रक्रियामा भाग लिँदै आएको तर आफैले विरोध गरिरहेको अवस्थामा भाग लिन हुन्न भन्ने थाहा नभएको उनले बताए । उनले थपे, ‘प्रतिपक्षमा अभ्यस्त भइसकिएको छैन नि त !’

एमालेले विपक्षमा मत जाहेर गरे पनि राष्ट्रिय सभाबाट विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । राष्ट्रिय सभाको अर्को बैठक असोज ७ गते २ बजेका लागि आह्वान गरिएको छ ।

Facebook Comments