• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेमसंघ रुन्टीगढीको भेला हाेलेरीमा सम्पन्न, अध्यक्ष: बुढामगर




होलेरी । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ रुन्टीगढी गाउँपालिकाको भेला शनिबार होलेरीमा सम्पन्न भएको छ ।

खीमा घर्तीको अध्यक्षता र नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा पार्टी रोल्पा जिल्ला अध्यक्ष बालराम बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य तथा अनेमसंघ रोल्पाकी पूर्व अध्यक्ष ईश्वरी जिएम, एमाले रोल्पाका जिल्ला सचिवालय सदस्य तथा पार्टीका रुन्टीगढी गापा अध्यक्ष गोपाल डाँगी, जिल्ला सदस्य तथा रुन्टीगढी सचिव गणेश गिरी , अनेमसंघ लुम्बिनी प्रदेश कमिटि सदस्य तथा रुन्टीगढी गाउँपालिका उपाध्यक्ष छमाया पुन लगायतको आतिथ्यता रहेको थियो ।

रविना बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन दीपा घर्तीले गर्नुभएकाे थियोे ।

शनिबार सम्पन्न उक्त भेलाले रविना बुढाको अध्यक्षतामा २७ सदस्यीय अनेमसंघ रुन्टीगढीे गाउँपालिका कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा सीता बुढाथोकी, सचिवमा दिपा घर्ती, उप–सचिवमा रमिता वि.क. सदस्यहरुमा कविता पुन, चन्चली वि.क., अमृता बुढामगर, कमला पुन लगायत २७ जना रहेका छन् ।

नवगठित कमिटिलाई एमाले लुम्बिनी प्रदेश सदस्य तथा अनेमसंघ रोल्पाकी पूर्व अध्यक्ष ईश्वरी जिएमले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएकाे थियाे। भेलाले रुन्टिगढि गाउँपालिकाका सबै वडामा अनेमसंघकाे भेला तथा प्रशिक्षण कार्यक्रम चलाउने निर्णय समेत गरेकाे छ।

Facebook Comments