• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा बोगटीस्मृति दिवसः क्रान्तिका उपलब्धि जनस्तरमा लैजान जोड




तत्काली माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृतिमा दाङमा कार्यक्रम गरिएको छ । कार्यक्रमका वक्ताहरुले बोगटीको क्रान्तिको सपना अझै पूरा नभएको भन्दै अहिलेसम्म प्राप्त भएका उपलब्धि पनि जनताको बीचमा जान नसकेकाले क्रान्तिका उपलब्धिलाई जनताको बीचमा लैजानुपर्नेमा जोड दिए ।

पोष्टबहादुर बोगटीस्मृति प्रतिष्ठान दाङले घोराही १७ बर्गदीमा स्थानीय महिलाहरुको बीचमा स्मृति दिवस मनाइएको हो ।

प्रतिष्ठानका अध्यक्ष नरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका घोराही उपमहानगर अध्यक्ष प्रमोद शर्माले जनताको घरआँगनमा बसेर ठूलो क्रान्तिको नेतृत्व बोगटीबाट आजका नेता कार्यकर्ताहरुले सिक्नुपर्ने बताउनुभयो । पश्चिम नेपाललाई क्रान्तिको किल्ला बनाउने वास्तविक कमाण्डर बोगटी नै भएकाले उहाँको उचित सम्मान हुनुपर्नेमा पनि शर्माले जोड दिनुभयो ।

बोगटीकी छोरी प्रतिभा बोगटीले आफ्नो बुवाले परिवार नै क्रान्तिमा होमेको चर्चा गर्दै उहाँ आफूहरुको मात्र नभएर नेपाली क्रान्तिकै पिता भएको बताउनुभयो । एक मात्र दाजु रबि बोगटी पनि क्रान्तिमा सहिद भएको स्मरण गर्दै उहाँले बुवाको कुशल नेतृत्व र दाजुको रगत नेपाली क्रान्तिका लागि उर्जा भएको बताउनुभयो ।

प्रतिष्ठानका सदस्य उमानन्द खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन कोषाध्यक्ष प्रमिता चौधरीले गर्नुभएको थियो ।

वि.सं.२०१० साल साउन ३ गते साबिक नुवाकोट जिल्ला तुप्चे गा.बि.स. वडा नं.–२ भित्रीनीटारमा आमा लेख कुमारी बोगटी र पिता भैरव बहादुर बोगटीको कोखवाट जेठा सन्तानको रुपमा जन्मनु भएको पोष्ट बहादुर बोगटीको ६१ बर्षको उमेरमा २०७१ साल भाद्र ३० गते बिहान हृदयघात र मस्तिष्कघातका कारण काठमाण्डौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

पोष्ट बहादुर बोगटी निधन हुनु पूर्र्व एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय समितिको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ २०२५ सालदेखि बाम राजनीतिको समर्थक भई २०३७ सालमा नेकपा चौ.म.को जिल्ला सेक्रेटरी, २०४० सालमा नेकपा (मशाल) को नुवाकोट जिल्ला सेक्रेटी भएर जिल्लाको नेतृत्व गर्नेदेखि, २०४३ सालमा बाग्मती क्षेत्रीय ब्यूरो सदस्यमा मनोनित भएको थियो । २०४५ साल देखि (मशाल) को केन्द्रीय सदस्य, २०४८ सालमा ने.क.पा. (एकताकेन्द्र) को एकता महाधिवेसनबाट पुनः केन्द्रीय सदस्यमा चुनिनु भएको थियो ।

राष्ट्रिय एकता माहधिबेसन पछि उहाँ पार्टीको कर्णाली क्षेत्रीय व्यूरोे इन्चार्ज हुदै, २०५३ सालवाट पश्चिम क्षेत्रीय व्यूरोे इन्चार्ज, २०६१ सालबाट गण्डक, राप्ती, भेरी—कर्णाली र सेती—माहाकाली क्षेत्रीय व्यूरोे समेटेर बनेको सिङ्गो पश्चिम केन्द्रीय कमाण्डको ईन्चार्ज हुनुभएको थियो ।

२०५४ सालमा नेपाल कम्युष्टि पार्टी (माओवादी) को पोलीटव्यूरोे सदस्य, २०५८ सालमा स्थायी समिति सदस्य, २०६७ सालमा पार्टीको केन्द्रीय सचिव हँुदै, २०६९ सालमा हेटौंडामा सम्पन्न पार्टीको एकताको राष्ट्रिय महाधिवेनबाट महासचिवमा निर्वाचित हुनुभएको थियो । २०७१ बैसाखमा सम्पन्न पार्टीको बिराटनगर राष्ट्रिय सम्मेलन लगत्तै २०७१ साल जेष्ठमा केन्द्रीय कार्यलय पेसिसडाँडाँमा बसेको केन्द्रीय समितिको बैठकमा अत्याधित लोकप्रिय मतद्वारा केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनु भयो ।

२०६४ सालको संबिधानसभा निर्वाचनमा नुवाकोट जिल्ला साबिक निर्वाचन क्षेत्र नं. ३ वाट संबिधानसभा सदस्यमा निर्वाचित भई माओवादी संसदीय दलको सचेतक, प्रमुख सचेतक हुँँदै, क्रमशः उर्जा, शिक्षा, संस्कृतिक, पर्यटन तथा नागरीक उड्ययन मन्त्री भएर मन्त्रालयको जिम्मेवारी पूरा गर्नु भएको थियो ।

स्वअध्ययन, लगन, निष्ठा र अथक मेहनत तथा बिचार र ब्यवहारको एकरुपताको कौशलताका धनि बोगटी सादा, सरल र सामुहिकतामा रमाउने अत्यन्तै व्यवहारिक नेता हुनुहुन्थ्यो ।

उहाँमा आधारभूत श्रमजीवि सर्बहाराबर्ग जातजाति, भाषभाषी, क्षेत्र र लिङ्गका उत्पीडित जनसमुदायहरुको आर्थिक, सामाजिक साँस्कृतिक जीवन स्तर उठाउन निरन्तर लागि पर्ने नेता हुनुहुन्थ्यो ।

Facebook Comments